काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुगेका छन् । उनी झापाबाट काठमाडौँ आएका हुन्। उनलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समर्थकहरूको भीड लागेको छ।
उनलाई स्वागत गर्न दुर्गा प्रसाईं, राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) का नेता कमल थापालगायतका समर्थकहरू विमानस्थलमा भेला भएका छन्।
प्रशासनले विमानस्थलमा निषेधाज्ञा जारी गरेको भएपनि समर्थकहरुको भीड लागेको छ। विमानस्थल वरिपरि सुरक्षा व्यवस्था कडा पारिएको छ।
