काठमाडौं। मित्रराष्ट्र भारतले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाललाई थप गाडी उपलब्ध गराएको छ । आज सिंहदरबारमा आयोजित एक कार्यक्रमबीच भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल सरकारलाई ती गाडी हस्तान्तरण गरेका हुन् । आज भारतले २३२ गाडी नेपाललाई दिएको हो।
भारतले दिने ५३८ मध्ये ३०० वटा गाडी प्रहरीलाई दिनेछ। बाँकी २३८ वटा भने विभिन्न सरकारी निकायलाई दिन लागेको जनाईएको छ । यस्तै, ५० वटा ट्रक भने नेपाली सेनालाई दिने भनिएको छ । ती ५० वटा ट्रक नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देललाई प्रदान गरिएको नेपालस्थित् भारतीय दूतावासले जनाएको छ ।
सो अवसरमा गृहमन्त्री अर्यालले भारत सरकारलाई यो सहयोगको लागि धन्यवाद ज्ञापन गरे । नेपाललाई आवश्यक सहयोग समयमै उपलब्ध गराएकोमा गृहमन्त्रीले धन्यवाद दिएका हुन् भने दुई देशबीचको सहकार्य र मित्रतालाई अझै फराकिलो बनाउने पनि विश्वास व्यक्त गरेका थिए ।
