काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी ( नेकपा ) का २४९९ केन्द्रीय सदस्यहरूले आज शपथ ग्रहण गरेका छन् । नेकपा संयोजक पुष्पकमल दाहालले केन्द्रीय कार्यालय पेरिसडाँडामा शपथ गराएका हुन् ।
कात्तिक तेस्रो साता माओवादी र एकीकृत समाजवादी लगायत दलको एकता भए पनि केन्द्रीय कमिटी समायोजन भएको थिएन । ठूलासाना दलहरू मिलाउँदै सबै दलका केन्द्रीय समिति सदस्य मिलाएर जम्बो केन्द्रीय समिति बनेको हो ।
माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी लगायत १९ दल मिलेर बनेको नेकपाको केन्द्रीय समिति पहिलोपटक समायोजन भएको हो ।
