काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) ले आज पनि प्रतिनिधि सभामा नाराबाजी गरेको छ। सोमबार प्रतिनिधि सभाको बैठक सुरु हुने बित्तिकै रास्वपा र राप्रपाको सांसदहरूले उठेर विरोध गरेका थिए। रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले भिजिट भिसाको आवरणमा राज्य संयन्त्रले नीति बनाएर मानव बेचबिखन गरिरहेको भन्दै छानबिन हुनुपर्ने अडान दोहोर्याएका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राज्य जनताको लागि हो कि शासकहरूको लागि रु भन्दै प्रश्न गरे । उनले आफ्नो नागरिकलाई तस्कर गर्ने राज्यलाई जवाफदेहिता कसले बनाउने भन्दै प्रश्न दोहोर्याए । सङ्ख्याको दम्भ नदेखाउन भन्दै परियारले यो विषयमा आफूहरू गम्भीर भएर लागेको बताए ।
गृह प्रशासनकै मिलेमतोमा मानव तस्करी भएको आरोप लगाउँदै आफूहरू कराइरहँदा पनि बल प्रयोग गरेर सदन नचलाउन चेतावनी दिए । त्यसपछि सभामुख देवराज घिमिरेले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन र रास्वपाका प्रमुख सचेतक सन्तोष परियारलाई बोल्ने समय दिएका थिए।