काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोग र मातहतका कार्यालय आगामी बडादशैँको बिदाका दिनमा पनि सञ्चालन हुने भएको छ।
मानव अधिकारको उल्लङ्घनका घटनाको उजुरी लिन र आकस्मिक प्रकृतिका घटनामा अनुगमन गर्न ती कार्यालय सञ्चालन गरिनेछ।
आयोगको केन्द्रीयसहित प्रदेश र शाखा कार्यालय बिदाका दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहने प्रवक्ता डा. टीकाराम पोखरेलले जानकारी दिए। उनका अनुसार आकस्मिक प्रयोजनका ती कार्यालय खुला रहने भएका हुन् ।
