काठमाडौं । नेदरल्याण्ड्समा हुने आईसीसी विश्वकप लिग–२ का लागि नेपाली टोली घोषणा भएको छ । रोहित पौडेलको कप्तानीमा नेपाल क्रिकेट संघ ( क्यान ) ले टोली घोषणा गरेको हो ।
नेपाली टोलीमा दीपेन्द्रसिंह ऐरी उपकप्तान, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, इशान पाण्डे, आरिफ शेख, गुल्सन झा रहेका छन् । यस्तै करन केसी, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, भीम शार्की, अर्जुन कुमार र विनोद भण्डारी पनि टीममा समावेश छन् ।
सन्दीप जोरा, शाहब आलम, हेमन्त धामी, आकाश चन्द र युवराज खत्री रिजर्भमा रहेका छन् ।
