काठमाण्डौं । फुटबल इतिहासकै महान् खेलाडी लियोनल मेस्सीले विश्वकपमा कीर्तिमानको ओइरो लगाएका छन्। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को उद्घाटन खेलमा मेस्सीले कीर्तिमान मात्र तोडेनन्, अल्जेरियाविरुद्ध ऐतिहासिक ह्याट्रिक गर्दै साविक विजेता अर्जेन्टिनालाई ३(० को सानदार जित समेत दिलाए। अमेरिकाको कान्सास सिटीस्थित ‘जीईएचए फिल्ड एट एरोहेड स्टेडियम’ मा बुधबार भएको खेलमा मेस्सीले खेलको १७ औँ, ६० औँ र ७६ औँ मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरेका हुन्।
३८ वर्षको उमेरमा ह्याट्रिक पूरा गर्दै उनी विश्वकप इतिहासमै सबैभन्दा बढी उमेरमा ह्याट्रिक गर्ने खेलाडी बनेका छन्। साथै, यो खेल मैदानमा ओर्लने बित्तिकै उनी लगातार छ वटा फरक(फरक विश्वकप ९सन् २००६ देखि २०२६ सम्म० खेल्ने विश्वकै पहिलो खेलाडी समेत बनेका छन्।
खेलको ८० औँ मिनेटमा मैदानबाट बाहिरिनुअघि मेस्सीले जर्मनीका महान् स्ट्राइकर मिरोस्लाभ क्लोसको नाममा रहेका दुई ठूला विश्वकीर्तिमानहरू समेत बराबरी गरे। सम्भवतः आफ्नो अन्तिम विश्वकप खेलिरहेका मेस्सीको यो जादुमयी प्रदर्शनले नेपाल र विश्वभरका फुटबल प्रशंसकहरूलाई उत्साहित बनाएको छ।
मेस्सीले बनाएका, तोडेका र बराबरी गरेका मुख्य कीर्तिमानहरू
क्लोसको विश्वकीर्तिमान बराबरी स् यस खेलअघि १३ गोल गरेका मेस्सीले ह्याट्रिक गरेसँगै विश्वकपमा उनको कुल गोल सङ्ख्या १६ पुगेको छ। यससँगै उनले जर्मनीका मिरोस्लाभ क्लोसको सर्वकालीन सर्वाधिक विश्वकप गोलको रेकर्ड बराबरी गरेका छन्।
सर्वाधिक विश्वकप जितको बराबरी स् अल्जेरियाविरुद्धको यो नतिजासँगै मेस्सीले विश्वकपमा कुल १७ खेल जित्ने मिरोस्लाभ क्लोसकै अर्को सर्वकालीन कीर्तिमानसँग पनि बराबरी गर्न सफल भएका छन्।
सबैभन्दा पाको उमेरमा ह्याट्रिक स् ३८ वर्षको उमेरमा तीन गोल गर्दै मेस्सी विश्वकप इतिहासकै सबैभन्दा बुढो उमेरमा ह्याट्रिक गर्ने खेलाडी पनि बनेका छन्।
छैटौं विश्वकप खेल्ने पहिलो खेलाडी स् मेस्सीको नाममा फुटबल इतिहासमै आधिकारिक रूपमा छ फरक विश्वकप खेल्ने पहिलो खेलाडीको रेकर्ड समेत बनेको छ। उनले आफ्ना प्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डोलाई एक दिनले पछि पार्दै यो कोसेढुंगा पार गरेका हुन्।
सर्वाधिक खेल र मैदानमा मिनेट स् मेस्सीले आफ्नो २७ औँ विश्वकप खेल खेल्दै सर्वाधिक खेलको रेकर्ड राख्न सफल भएका छन्। खेलको ८० औँ मिनेटमा प्रतिस्थापन हुनुअघि उनले विश्वकपमा बिताएको कुल समय दुई हजार ३९४ मिनेट पुगेको छ, जुन इतिहासकै सर्वाधिक हो।
सर्वकालीन सर्वाधिक गोल योगदान ( गोल असिस्ट ) – मेस्सीले विश्वकप इतिहासमा आफ्नो कुल गोल योगदानलाई २४ ( १६ गोल र ८ असिस्ट ) पुर्याउँदै कीर्तिमानलाई थप बलियो बनाएका छन्। असिस्टतर्फ भने डिएगो म्याराडोना र उनको नाममा अझै ८–८ असिस्टको बराबरी रेकर्ड छ।
सन् १९६२ मा ब्राजिलपछि कुनै पनि टोलीले लगातार दोस्रो पटक विश्वकप उपाधि जित्न नसकेको इतिहास बदल्ने दाउमा अर्जेन्टिना छ। मेस्सीको यो ऐतिहासिक सुरुवातले अर्जेन्टिनाको उपाधि रक्षा अभियानलाई बल दिएको छ। एजेन्सीको सहयोगमा
