काठमाडौं । सरकारले १ असारदेखि भदौ मसान्तसम्म कुनै पनि निकायले विनाअनुमति सडक नखन्न निर्देशन दिएको छ ।
सडक विभागले एक सूचना जारी गर्दै वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन लगायत प्रयोजनका लागि सडक खन्दा तत्कालै मर्मत गरी यथास्थितिमा ल्याउन नसकिने र सडक थप बिग्रने भन्दै यस अवधिमा सडक खन्न रोक लगाएको हो ।
भदौ मसान्तसम्म कुनै पनि सडक डिभिजन कार्यालयले सडक खन्ने अनुमति नदिने विभागले सूचित गरेको हो । विनाअनुमति सडक खनेको पाइए सडक ऐन २०३१ अनुसार कडा कारबाही हुनेसमेत सूचनामा उल्लेख छ ।
