काठमाण्डौं । सरकारले काठमाडौंको थापाथली क्षेत्रमा रहेका अतिक्रमित घरटहराहरू भत्काउने तयारी गरेसँगै सुकुम्बासी बस्तीबाट धमाधम सामान निकाल्न थालिएको छ।
यसअघि नै प्रहरीले शनिबारदेखि आइतबारसम्म बस्ती खाली गरिने भएकाले तुरुन्त सुरक्षित स्थानमा सर्न अनुरोध गरेको थियो। नेपाल सरकारले वास्तविक भूमिहीनको लगत लिई आवश्यक कार्य तत्काल सुरु गर्ने सूचनामा बताएको छ।
त्यसमा बस्ने अपांगता भएका व्यक्ति, बालबालिका, सुत्केरी, वृद्धवृद्धा र बिरामीलाई प्राथमिकता दिई सुरक्षित रूपमा सार्न भनिएको छ।
