काठमाण्डौं । संघीय संसद्को वर्षे अधिवेशन वैशाख १७ गतेदेखिका लागि आह्वान भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा यही वैशाख १७ गते बिहीबार दिउँसो २ बजे बस्ने गरी संघीय संसद्का दुवै सदनको बैठक बोलाएका हुन्।
सरकारले मंगलबार अधिवेशन आह्वानका लागि सिफारिस गरेको थियो । यहीँ अधिवेशनमा राष्ट्रिय स्वत्नत्र पार्टी ( रास्वपा ) को एकल सरकारले पहिलो पटक बजेट ल्याउने छ। अर्थमन्त्री डा.स्वर्णीम वाग्लेले त्यसका लागि तयारी पनि जारी राखेका छन्।
संवैधानिक व्यवस्थाअनुसार बजेट जेठ १५ गते सार्वजनिक हुनेछ। सोअघि सरकारले वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्नेछ।
