Author: Editor
नवलपरासी । नवलपुरको मध्यविन्दु नगरपालिकामा १७ करोड ५६ लाख २८ हजारको लागतमा नगर अस्पताल भवन निर्माण गरिएको छ । मध्यविन्दु नगरपालिकाको चोरमारामा उक्त नगर अस्पताल भवन निर्माण गरिएको हो । २०७९ मंसिरमा शिलान्यास गरी भवन निर्माण शुरू गरिएको थियो । तीन वर्षको अवधिमा सुविधा सम्पन्न मध्यविन्दु नगर अस्पतालको भवन निर्माण गरिएको मध्यविन्दु नगरपालिका नगर प्रमुख भीमलाल अधिकारीले जानकारी दिए । चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी १५ शय्याको नगर अस्पताल पुनःनिर्माण गरिएको नगर प्रमुख अधिकारीले बताए । भवनको आइतबार उद्घाटन गरिएको छ । ४२ कोठासहितको दुई तलको अस्पताल निर्माण भएसँगै स्वास्थ्य सेवा प्रदान गर्न सहज भएको नगर प्रमुख अधिकारीले बताए…
कैलाली। यहाँको चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनका परिवार विगत तीन वर्षदेखि पालमा बसिरहेका छन् । चुरे–४ स्थित मसुरी गाउँका घर्तीको परिवारलाई केही वर्ष पहिलेको भीषण पहिरोले विस्थापित बनाएपछि उनीहरुले जग्गा भाडामा लिएर घर बनाएका थिए । तर जग्गाधनीले बिचैमा जग्गा नदिने भएपछि उनीहरू त्यहाँबाट पनि विस्थापित भए । “त्यसपछि हामी चुरे–४ कै टाँकगडा जङ्गलको बिचमा बस्न थाल्यौँ”, नवलसिंहले विगत सम्झिँदै भने, “त्यहाँ धेरै परिवार थियौँ । वन अतिक्रमण गरेको भन्दै त्यहाँबाट पनि हामीलाई हटाएपछि हाम्रो कतै जाने ठाउँ थिएन । अनि यही जङ्गलको छेउमा ओत लाग्न आइपुग्यौँ ।” सोही स्थानमा बस्दै आएका अर्का रतन नाथको पीडा…
काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी र वातावरणबारे आज निर्णायक छलफल गर्दैछ। दिउँसो १ बजे हुने भनिएको उक्त बैठकमा प्रधानमन्त्री सुशीला कार्की र प्रमुख राजनीतिक दलका प्रतिनिधिहरूलाई बोलाइएको छ। सरकारले निर्वाचनको मिति घोषणा गरे पनि कार्यान्वयनमा तदारुकता नदेखाएको भन्दै दलहरूले संशय व्यक्त गरिरहेका बेला आयोगले यो पहल थालेको हो। विशेषगरी अन्तरिम सरकारले घोषणा गरेको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक वृत्तमा भने अझै अन्योल कायमै देखिन्छ। दलहरूले सरकार निर्वाचन टार्ने दाउमा रहेको आरोप लगाउँदै आएका छन् र समयमै मतदान हुनुपर्ने अडानमा छन्। यस्तो तिक्ततापूर्ण माहौलबिच हुन लागेको आजको छलफलमा आयोगले हालसम्मको…
बुटवल। धर्म, संस्कार, कला र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले बुटवलमा सामूहिक शङ्ख बजाउने प्रशिक्षण सम्पन्न भएको छ । लुम्बिनी पूजा सामग्री भण्डार बुटवलले आयोजना गरेको शङ्ख बजाउने प्रशिक्षणमा नेपाल र भारतका गरी २५० प्रशिक्षार्थी सहभागी थिए । सो अवसरमा २० जना प्रशिक्षकले विभिन्न समूहमा प्रशिक्षार्थीलाई विभाजन गरी शङ्ख बजाउने अभ्यास गराएका थिए । कार्यक्रमका प्रमुख अतिथि विश्व हिन्दु महासङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष अधिवक्ता बेनबहादुर पौडेलले जीवनमा पहिलो पटक यस प्रकारको कार्यक्रम देख्ने अवसर पाएको र साँच्चिकै यसले हाम्रो सनातन धर्म संस्कृतिको रक्षार्थ ठुलो टेवा पु¥याउने बताउनुभयो । प्राध्यापक डा. बाबुराम ज्ञवालीले गीता र विभिन्न पुराणमा शङ्खको महिमा, स्थान र कथा प्रसङ्ग…
बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानस्थित निर्माणाधीन सुरुङ मार्ग निर्माण ६५ प्रतिशत सकिएको छ। आयोजनाको वित्तीय प्रगति ५६ प्रतिशत रहेको छ। ११२६ मिटर लम्बाइ भएको सुरुङ निर्माण सम्पन्न भएको छ। १५१, १६१ र १३० मिटर लम्बाइ भएका तीन वटा पाइपास सुरुङको पनि निर्माण सकिएको छ। सुरुङ मार्गसम्म पुग्ने पहुँच सडक, भीर संरक्षण कार्य, रिटेनिङवाललगायतका संरचना निर्माणाधीन छन्। समग्रमा २३९८ मिटर सडक स्तरोन्नति गर्नु पर्नेछ। पहिरो तथा ढुंगा झर्नबाट रोकेर हाल चालू रहेको सडकलाई सुरक्षित बनाउन ७८० मिटर लम्बाइ,३.४३ मिटर चौडाइ र ४.४ मिटर उचाइ भएको रक सेड निर्माण बाँकी छ। मुख्य सुरुङबाट सवारी साधन चलाउन सुरु भएपछि मात्र…
काठमाण्डौं । राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि उम्मेदवारको बन्द सूची पेस गर्दा बढीमा ११० र कम्तीमा ११ जनाको नाम सूचीकृत गर्नुपर्ने भएको छ। आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ। प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन ( पहिलो संशोधन ) निर्देशिका, २०८२ ले गरेको व्यवस्था बमोजिम राजनीतिक दलले उम्मेदवारको बन्द सूची पेस गर्दा नयाँ व्यवस्थाअनुसार गर्नुपर्ने आयोगले जनाएको छ। दलित, आदिवासी, जनजाती, खस आर्य, मधेसी, थारु र मुस्लिमको जनसङ्ख्या प्रतिशतको आधारमा सूची पेस गर्नुपर्नेछ। राष्ट्रिय जनगणना, २०७८ को विवरणका आधारमा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को अनुसूची १ मा आवश्यक संशोधन गरिएको थियो। पछिल्लो कानुनी प्रबन्धअनुसार, दलित…
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेललाई भेट्न राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछाने बालुवाटार पुगेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबिच मुलुकको समसामयिक परिस्थितलगायत विषयमा कुराकानी हुने बुझिएको छ । उनीहरूबिच साँझ साढे ६ बजे भेटवार्ता हुने बताइएको छ ।
काठमाण्डौ । नेपाल क्रिकेट संघ क्यानले सन् २०२६ मा हुने आइसीसी टी(२० पुरुष विश्वकपको तयारीका लागि प्रारम्भिक टोलीको घोषणा गरेको छ। क्यानले विश्वकप लक्षित ‘क्याम्प’ ९बन्द प्रशिक्षण० का लागि २४ जना खेलाडीलाई बोलाएको हो। क्यानले सार्वजनिक गरेको सूचीमा कप्तान रोहित पौडेलसहित सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी लगायतका अनुभवी खेलाडीहरू यथावत् छन्। टोलीमा आदिल अन्सारी, ईशान पाण्डे, शेर मल्ल र रुपेश के सिंह जस्ता खेलाडीहरूलाई पनि समेटिएको छ।भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने आगामी टी २० विश्वकपलाई मध्यनजर गर्दै क्यानले अहिलेदेखि नै प्रशिक्षण सुरु गर्न लागेको हो। रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल,…
जनकपुर । मधेश प्रदेश सभाको सभामुखमा रामअशिष यादव निर्वाचित भएका छन् । उनी उपेन्द्र यादव नेतृत्वको जसपा नेपालका सांसद हुन् । आज आइतबार भएको निर्वाचनमा सातदलीय गठबन्धनका तर्फबाट यादव निर्वाचित भएका हुन् । ९६ सांसद उपस्थित भएको मतदानमा यादवको पक्षमा ७२ जना सांसदले मत हालेका हुन् ।
काठमाडौं । जेनजी आन्दोलनका अगुवामध्ये एक मिराज ढुंगाना नेतृत्वको समूहले भोलिबाट सरकारविरुद्ध आन्दोलन गर्ने घोषणा गरेको छ । आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यो समूहले सरकारविरुद्ध आन्दोलनको घोषणा गरेको हो । यो सरकारले युवाहरुको भावना बुझ्न नसकेको र जनपक्षीय काम गर्न नसकेको उनीहरुको आरोप छ । यो समूहले देशव्यापी रुपमा आन्दोलन हुने चेतावनी दिएको छ । काठमाडौंमा भने भोलि सोमबारबाट माइतीघर मण्डलाबाट विरोध तथा प्रदर्शन सुरु हुने कमन जेनजी नेपालका अध्यक्ष विकेश साह ले जानकारी द्यिए । साहकाअनुसार जिल्लामा जेनजीहरुले आन्दोलन गर्नेछन । उनीहरुले विभिन्न ७ बुँदे माग अघि सारेका छन् । जसमा प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गरिनुपर्नेपनि मुख्य माग…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क