Author: ट्रान्सपेरेन्टखबर

काठमाण्डौं । बाणिज्य बैंकहरुले पुस महिनाको मुद्दती निक्षेपको ब्याजदर सार्वजनिक गरेका छन् । पुस महिनाका लागि कूल २० वटा बाणिज्य बैंकमध्ये ३ वटा बाणिज्य बैंकले ब्याजदर घटाएका छन् । उक्त व्याजदर आगामी पुस १ गतेदेखि लागू हुने छ । त्यस्तै, कृषि विकास बैंक, प्राइम कमर्सियल बैंक, एनएमबि बैंकले व्याजदर बढाएका छन् । कृषि विकास बैंकले पुस महिनाको लागि ५.५७ प्रतिशत, प्राइम कमर्सियलले ६.२५ र एनएमबीले ६.६ प्रतिशत व्याजदर कायम गरेका छन् । मंसिर महिनाका लागि यी बैंकहरुको व्याजदर क्रमशः ५.५३६ प्रतिशत, ५.७५ प्रतिशत र ५.७५ प्रतिशत रहेको थियो । त्यस्तै, व्याजदर घटाउने बैंकहरुमा सानिमा, एनआईसी एसिया बैंक र नेपाल बैंक…

Read More

काठमाडौं । एनसेल फाउन्डेसन र जोन्टा क्लबको संयुक्त पहलमा सञ्चालन भएको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान विभिन्न जनसचेतनामूलक कार्यक्रम आयोजना गरी सम्पन्न भएको छ । हरेक वर्ष २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म मनाइने यस अभियानको समापान कार्यक्रम गत मंगलबार एक अर्थपूर्ण प्यानल डिस्कसनको आयोजना गरी समापन भएको फाउन्डेसनले जनाएको छ । यस १६ दिने अभियानको सुरुवात ‘बालविवाह, घरेलु हिंसा र महिलाका अधिकारसँग सम्बन्धित कानुनी प्रावधानहरू’ शीर्षकको ज्ञानबर्द्धक पुस्तिका सार्वजनिक गर्दै सुरु गरिएको थियो । यस पुस्तिकाले बालविवाह, घरेलु हिंसा, र महिलाका अधिकारहरू सम्बोधन गर्न नेपालमा रहेका कानुनी प्रावधानहरूको बारेमा समुदाय र सरोकारवालालाई जानकारी दिने उद्देश्य राखिएको छ । कार्यक्रममा महिला नेतृत्वमा…

Read More

बागलुङ । बागलुङ नगरपालिका–७ कालिमाटीको ग्रिन ल्याण्ड बहुउद्देश्यीय कृषि फार्ममा पाँच हजार कुखुरा पालेर यहाँका एक उद्यमीले मासिक रु एक लाख ५० हजार बचत गर्दै आएका छन् । स्थानीय ओमराज शर्माले सञ्चालन गरेको कुखुरा फार्मबाट दैनिक पाँच हजार अण्डाको बजारीकरण भइरहेको छ । बाह्र बर्ष कतार बसेर फर्किएका शर्माले कुखुरापालनमा आम्दानी र जोखिम बराबर रहेको बताए । “तीन हजार कुखुरा पाल्दै आएको थिएँ, हाल थप दुई हजारले अण्डा दिन सुरु गरेका छन्, दैनिक पाँच हजार अण्डा बजार बेच्ने गरेको छु”, उद्यमी शर्माले भने । एक करोड ५० लाख लागतमा फार्म स्थापना गरी सञ्चालनमा ल्याएको बताउँदै उनले अण्डाको बजारीकरणका लागि बागलुङ…

Read More

सुर्खेत। पछिल्लो समय कर्णाली चारवटा सडकले जोडिएको छ । विकासको पहिलो शर्त कर्णालीका लागि सडक नै हो । दश वर्ष अघिसम्म आफ्नो तौलभन्दा बढी सामान बोकेर थप, थप आँशु चुहाउँदै नुन, चामलको जोहो गर्ने कर्णालीका ग्रामीण क्षेत्रका स्थानीयवासीले अहिले यातायातको साधनमा दैनिक उपभोग्य सामग्री ढुवानी गरेर लिने गरेका छन् । आफ्नो खेतबारीमा उत्पादन भएको कृषिजन्य वस्तु बजारसम्म लिनका लागिसमेत सहजै सवारी साधनको प्रयोग हुँदै आएको छ । तीन तहका सरकारको सक्रिया पहलकदमीका कारण गाउँगाउँमा सडक पुग्दा कर्णालीवासीको जीवनस्तरमा समेत सुधार आएको छ । कर्णालीका १० वटा पालिकामा अझै सडक पुग्न नसकेको सडक विभागको तथ्याङ्कले बताउँछ । यस्तै, कर्णाली प्रदेशका १०…

Read More

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अस्थिरता अन्त्य गर्दै देशलाई विकृतिबाट सुकृतितर्फ लानका लागि वर्तमान संयुक्त सरकार बनेको स्पष्ट गरेका छन् । ज्यापु संस्कृति विकास कोषद्वारा आज वसन्तपुरमा आयोजित २१औँ राष्ट्रिय ज्यापु दिवसमा समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा भएको राजनीतिक परिवर्तनलाई धरापमा पार्ने र परिवर्तनमा योगदान गरेका दललाई अनावश्यक भ्रम फैलाएर बद्नाम गर्ने कोशिस भएकाले ठूलाठूला दलको सहकार्यमा सरकार बनेको बताए । यो सरकार केबल सरकार बनाउनका लागि नभई मुलुकका समृद्धि र स्थिरताको यात्रालाई अगाडि बढाउन गठन भएको उनको भनाइ थियो । “गुठीको संरक्षण गर्न कानुन बनाउनुपर्छभन्दा मविरुद्ध भ्रम फैलाइएर विरोध गरियो । प्रहार गरियो । भ्रष्टाचारमा उजुरी…

Read More

काठमाडौं । काठमाडौं मोडल कलेजका १५० जना विद्यार्थी दीक्षित भएका छन् । शुक्रबार बूढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा आयोजित २१ औँ दीक्षान्त समारोहमा स्नातक तथा स्नातकोत्तर तह उत्तीर्ण गरेका विद्यार्थीलाई दीक्षित गरिएको कलेजले जनाएको छ ।दीक्षित हुने विद्यार्थीलाई कलेजका कलेज प्रमुख सुरेन्द्र सुवेदीले धन्यवाद दिंदै दीक्षित हुने विद्यार्थी कलेजका ब्रान्ड एम्बासडर भएको जानकारी गराए । सोही अवसरमा कलेजका कलेज प्रमुख सुवेदीले दीक्षित विद्यार्थीलाई शपथ समेत खुवाएका थिए । दीक्षान्त समारोहमा कलेजमा अध्ययन गर्दै गर्दा स्टुडेन्ट क्वालिटी सर्कल तथा विभिन्न क्लबहरूमा रहेर विभिन्न योगदान दिएका विद्यार्थीलाई सम्मान समेत गरिएको थियो । कलेजले केएमसी एकेडेमिक एक्सेलेन्ज अवार्ड अन्तर्गत बीबीएतर्फ त्रिशा अग्रवाल, बीबीएमतर्फ रोशनी…

Read More

काठमाडौं । नेवार समुदायले आज योमरी पूर्णिमा पर्व एवम् ज्यापु दिवस हर्षोल्लासका साथ मनाउँदैछन् । पर्व एवम् दिवसको अवसरमा काठमाडौंका रैथाने नेवार समुदायले र्‍याली निकाल्ने गर्दछन् । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिनमा मनाइने योमरी पूर्णिमालाई ‘योमरी पुन्हि’ पनि भनिन्छ । नेवार समुदायको ठूलो चाडका रूपमा मनाइने यस चाडलाई खाद्य पदार्थको रसिलो चाडका रूपमा लिइन्छ । योमरी एक परिकार हो । योमरीलाई नयाँ धानबाट बनेको चामलको पीठो, चाकु र तिलबाट बनाइन्छ । योमरी बनाउन आज बिहान सबेरैदेखि घरका महिला व्यस्त हुने गर्छन् । नुहाइधुवाइ सकी घरमा लिपपोत गरेर योमरी पकाउने प्रचलन छ । यो पर्वलाई नेवार समुदायले नवअन्नप्राशनका रूपमा मनाउने संस्कृतिविद् तेजेश्वरबाबु…

Read More

काठमाडौं । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किरात समुदायले उधौली पर्व मनाउँदैछन् । उधौलीको अवसरमा किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूहरूले चासोक तङनाम मनाउछन् । किरात संस्कृतिका बारेमा अनुसन्धानरत कीर्तिकुमार दुमी राई किरातभित्रका जातजातिले यो पर्वलाई फरक–फरक नाम दिए पनि समग्रमा उधौलीका नामले चिनिने बताउँछन् । किरात समुदायले अन्नबाली पाकेपछि इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई उधौली पर्वका रुपमा मनाउँछन् । बाली लगाउने बेलामा भने किरात समुदायले उभौली पर्व मनाउने प्रचलन छ । भूमिपूजा गर्दै आज बिहानैदेखि किरात महिला तथा पुरुष जातीय वेशभूषामा सजिएर…

Read More

काठमाडौं‌ । काठमाडौं‌ महानगरपालिकाले ३०औं वार्षिकोत्सवको अवसरमा १० जना स्रष्टालाई जनही एक लाख ५० हजार रुपैयाँसहित सम्मान गरेको छ। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, महानगर प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनीता डंगोल लगायतको सहभागितामा चित्रकार किरण मानन्धरसहित १० जनालाई नगतसहित सम्मान गरिएको हो। लोकगायन क्षेत्रबाट कुमार बस्नेत, चित्रकला क्षेत्रबाट किरण मानन्धर, स्वास्थ्य क्षेत्रबाट डा.अरुण सायमि, राजनीति र समाज सेवातर्फबाट कामपाका पूर्वप्रमुख पिएल सिंह, कलाकारिता अन्तर्गत चलचित्र क्षेत्रबाट नरेन्द्र कंसाकार, साहित्य क्षेत्रबाट मल्ल के. सुन्दरलाई सम्मान गरिएको हो। खेलतर्फ तेक्वान्दोका संगिना वैद्य, भलिबलका प्रतिभा माली र क्रिकेटका ज्ञानेन्द्र मल्ललाई सम्मान गरेको हो। उनीहरूलाई जनही एक लाख ५० हजार रुपैयाँसहित पुरस्कार…

Read More

काभ्रेपलाञ्चोक । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षाका माध्यमबाट मुलुक आत्मनिर्भरतातर्फ अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् । उनले आज काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय ९केयू०को ३०औं दीक्षान्त समारोह (पहिलो चरण) लाई सम्बोधन गर्दै रोजगारी खोज्ने शिक्षा नभई रोजगारी सिर्जना गर्ने आत्मनिर्भरतामा आधारित शिक्षा दिने ढङ्गले सरकार अघि बढ्ने बताए । ‘अब जब दिने शिक्षा दिने हैन, जब सिर्जना गर्ने खालको शिक्षा, आत्मनिर्भर ढङ्गले जब दिने शिक्षातर्फ अघि बढ्का छौं, यसका निम्ति केयूलगायतका विश्वविद्यालय नमुनाका रूपमा अघि बढिरहेका छन्’, केयूका कुलपतिसमेत रहेका ओलीले भने । उनले विद्यार्थीलाई पढाइसँगै रोजागरीमा जोड्दै आत्मनिर्भर बनाउन देशका नमुना विश्वविद्यालयसँग सहकार्य र समन्वय गर्दै जाने उल्लेख गरे…

Read More