Author: ट्रान्सपेरेन्टखबर
काठमाडौं, । व्यवसायी मीनबहादुर गुरूङले नेकपा ९एमाले० लाई दान दिएको जग्गाका सन्दर्भमा परेको रिटको सुनुवाइ आज पनि हेर्न नभ्याइनेमा परेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र नित्यानन्द पाण्डेयको इजलासमा सुनुवाइका लागि पेशी तोकिएको उक्त मुद्दा अन्ततः आज पनि हेर्न नभ्याइनेमा परेको हो । उक्त मुद्दा आज सातौं पटक सुनुवाइका लागि पेशी चढेको थियो । पटक–पटक यो मुद्दा हेर्न नभ्याइनेमा पर्दै आएको छ ।व्यवसायी गुरूङ दम्पतीले एमालेको केन्द्रीय कार्यालय भवन बनाउन सो जग्गा दान दिएपछि अधिवक्ता ज्ञानबहादुर बस्नेतले जग्गा दान र भवन निर्माण रोक्न माग गर्दै सर्वोच्चमा रिट दिएका थिए । एमालेले भ्रष्टाचार र सरकारी जग्गा व्यक्तिगत बनाउने अभियोग…
काठमाडौं । नागढुङ्गा–मुग्लीनसडक खण्डको अस्तव्यस्तताले जनतालाई सास्ति भएको भन्दै पहिला देश ९नेसन फर्सट०ले सरकारको ध्यानकर्षण गराएको छ । सोमबार राजधानीको संवाद डबलीमा नेसन फर्सटले पत्रकार सम्मेलनको आयोजना गरी मंसिर २१ र २२ गते जनसंवाद तथा सद्भावना यात्रा गर्ने जानकारी दिएको छ । सो सडक खण्डको निर्माण कार्यलाई समयमा काम नगरी जनतालाई सास्ति दिएको नेसन फर्सट अभियानका संयोजक डा।नन्द प्रसाद कप्रीले बताएका छन् । कप्रील काम सुरु भएको ३ वर्ष वितिसक्दा पनि २५ प्रतिशत पनि काम नसकेकोले सरकारलाई ध्यानकर्षण गराउँदै आफूहरुले जनचेतनामुलक अभियान थालेको बताएका छन् । आफूहरुले अनुगमन र निरिक्षण गर्दा सडकमा चलेको मनपरीले अस्तव्यस्त बनाएकोप्रति चिन्ता व्यक्त गर्दै डा।कप्रीले…
वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल पर्साले अन्तरदेशीय सीमा क्षेत्रमा हुनसक्ने अपराध र भन्सार छली रोक्न उच्च प्राथमिकता दिएको छ । पर्सा जिल्लामा एक सय सात किलोमिटर सीमा क्षेत्र भारतसँग जोडिएकाले पनि भन्सार छली रोक्नका नियमित रूपमा गस्ती, सीमा क्षेत्रमा जाँच र तालिमप्राप्त कुकुरको प्रयोग गर्दै आइरहेको छ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण हेड क्वाटर पर्साका गणपति राधेश्याम धिमालले चालु आर्थिक वर्षको चार महिनाको अवधिमा सशस्त्र प्रहरीले पर्सा जिल्लामा भन्सार छली गरेर भित्र्याएका रु १५ करोड १८ लाख मूल्य पर्ने वस्तु तथा सामान नियन्त्रणमा लिएको जानकारी दिए । “सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरीले सक्रियता बढाएसँगै अवैध चोरी…
काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० अन्तर्गत आज दुई खेल हुँदैछन् । आजको पहिलो खेलमा काठमाडौँ गुर्खाज र चितवन राइनोज आमने सामने हुने छन् । यो खेल बिहान ९, १५ बजे सुरु हुनेछ । यी दुवै टोली बागमती प्रदेशअन्तर्गतकै टोली हुन् । काठमाडौँ स्पोर्ट्स डेभलपमेन्ट भेन्चरको स्वामित्वमा रहेको काठमाडौँ गुर्खाजको मार्की खेलाडीमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसी छन् । उनीसँग विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूको राम्रो अनुभव छ । काठमाडौँ गुर्खाजमा करणसँगै राष्ट्रिय टोलीबाट खेलिसकेका भीम सार्की र साहब आलम छन् । यस्तै यु–१९ बाट खेलेका दीपेश कँडेल तथा अन्य खेलाडीमा रासिद खान, कृष्ण कार्की, सुमित महर्जन, शङ्कर…
काठमाडौं । छैटौँ एसियन पपुलेसन एशोसिएसन ९एपीए० सम्मेलन २०८१ को मंसिर १२ देखि १५ ( नोभेम्बर २७ देखि ३० सम्म) काठमाडौंमा सम्पन्न भएको छ । यस सम्मेलनमा एशियाका २८ भन्दा बढी देशका विज्ञ, नीति निर्माता, र अनुसन्धानकर्ताहरू सहभागी भए । त्रिभुवन विश्वविद्यालयको जनसंख्या अध्ययन केन्द्रीय विभागद्वारा आयोजित यो सम्मेलनले अनुसन्धान प्रस्तुत गर्न, सहकार्यलाई प्रवर्द्धन गर्न, र जनसांख्यिकीय समस्याहरूको दिगो समाधान खोज्नका लागि गतिशील मञ्चको रूपमा काम गर्यो । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रम उद्घाटन गर्दै, जनसंख्या अध्ययनले वृद्धावस्था, आप्रवासन र स्वास्थ्य सेवाजस्ता विश्वव्यापी चुनौतीहरू समाधान गर्नको महत्त्वलाई उजागर गरे । उनले विश्व जनसंख्या ८ अर्ब नाघेको र १० प्रतिशत मानिस…
काठमाण्डौं । स्थानीय तह उपनिर्वाचनअन्तर्गत हालसम्म ३३ स्थानको परिणाम सार्वजनिक भएको छ। नेपाली कांग्रेसले अहिलेसम्म १५ वडामा जित हासिल गरेको छ भने नेकपा (एमाले )ले एक गाउँपालिका अध्यक्ष, एक गाउँपालिका उपाध्यक्षसहित ५ वटा वडामा जितेको छ। नेकपा (माओवादी केन्द्र )ले पाँच वटा वडा जित्दा जनता समाजवादी पार्टी नेपालले मधेस प्रदेशका दुई ठाउँका वडाध्यक्ष जितेको छ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) , एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी, स्वतन्त्रले समान एक—एक स्थानमा जित हासिल गरेका छन्। कांग्रेसले जितेका स्थानहरू नेपाली कांग्रेसले तेह्रथुमको लालीगुराँस नगरपालिका—८ मा जित हात पारेको छ। त्यहाँ कांग्रेसका उम्मेदवार नगेन्द्र लिम्बूले ४ सय ४० मत ल्याए। उनका प्रतिस्पर्धी एमालेका बुद्धबहादुर…
काठमाण्डौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नसर्ने रोगहरूको बढ्दो फैलावट रोक्न एकमहिने परीक्षण तथा पहिचान अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। मधुमेह, उच्च रक्तचाप तथा मिर्गौलासम्बन्धी रोगबाट पीडित बिरामी बढिरहेको भन्दै मन्त्रालयले समयमै पहिचान र उपचारमार्फत बिरामी घटाउने उद्देश्यका साथ हरेक वर्ष एक महिनाभर पहिचान र उपचार अभियान सञ्चालन गर्ने निर्देशिका स्वीकृत गरेको हो। रोगको उपचार र निदानसँगै लाग्नै नदिन रोकथामका उपायहरू जनस्तरमा पुर्याउने उद्देश्यका साथ हरेक वर्ष एक महिना रोकथामका लागि खर्चने गरी ‘समुदायमा नसर्ने रोगहरू ९मधुमेह, उच्च रक्तचाप, मिर्गौलासम्बन्धी रोग, शरीरको उचाइ र तौलको अनुपात० पहिचानका लागि एकमहिने अभियान सञ्चालन निर्देशिका, २०८१’ स्वीकृत गरिएको मन्त्रालयले जनाएको छ। बढ्दो…
काठमाण्डौं । नेपाल र चीनबिच ऊर्जामा सहकार्य गर्न बनेको संयुक्त ऊर्जा संयन्त्रको बैठक ६ वर्षदेखि ठप्प छ । अघिल्लोपटक प्रधानमन्त्री भएको समयमा केपी शर्मा ओली ५–१० असार ०७५ मा चीन भ्रमणमा जाँदा दुई देशबिच ऊर्जामा सहकार्य गर्ने समझदारी भएको थियो । सोहीअनुसार ऊर्जासचिवस्तरीय संयुक्त संयन्त्रको पहिलो बैठक ११ र १२ असोज ०७५ मा काठमाडौंमा भएको थियो । सोही बैठकले ऊर्जा संयन्त्रको दोस्रो बैठक चीनमा आयोजना गर्ने निर्णय गरे पनि मिति भने सहमतिका आधारमा तोक्ने भनिएको थियो । तर, ६ वर्ष बितिसक्दा पनि ऊर्जा संयन्त्रको दोस्रो बैठकको मिति तय हुन सकेन । विभिन्न एजेन्डासहित प्रधानमन्त्री ओली आज (सोमबार) चीन भ्रमणमा जाँदै छन् । तर, उनी चीन भ्रमणमा…
काठमाण्डौं । आइटी एक्स्पर्ट सुनीलकुमार झाको पुस्तक ‘देशको पीडा विदेशको पिर’ सार्वजनिक भएको छ। धुम्बाराहीस्थित अकमा होटेलमा आयोजित एक कार्यक्रमबिच स्वामी डा। केशवानन्द गिरीको प्रमुख आतिथ्यमा पुस्तक लोकार्पण गरिएको हो। प्रमुख अथितिका साथमा कार्यक्रमका सभापति डा। कृष्णचन्द्र साह, साहित्यकारद्वय राजेन्द्र विमल र डा।रामदयाल राकेश, कानुनविद् उमेशचन्द्र झा, वरिष्ठ पत्रकार तथा पुस्तकका समीक्षक कृष्णमुरारी भण्डारी, सम्पादक दिनेश पौडेल र लेखक झाबाट संयुक्त रूपमा कृतिको लोकार्पण भएको थियो। कार्यक्रममा डिएल भण्डारीको ‘दी अनसिन पोएट अफ सिमरा – कवि सदानन्द झा’ पनि सार्वजनिक गरिएको थियो। प्रमुख अथिति स्वामी केशवानन्दले आफूलाई लेखक र किताबको शक्तिले तानेर कार्यक्रममा ल्याएको बताए। विमोचित पुस्तकले धेरै कुराहरू आउँदो…
काठमाडौँ । सरकारले सुन आयातको भन्सार दर ५० प्रतिशतले घटाएपछि सर्वसाधारणले सस्तोमा पाउने भन्ठानेका थिए । भन्सार दर र अन्तर्राष्ट्रिय बजारमा भाउ घट्दा स्थानीय बजारमा तोलामै १५ हजार ९ सय रुपैयाँले मूल्य सस्तियो पनि । तर गहना व्यवसायीले सर्वसाधारणलाई अपारदर्शी एवं मनलागी रूपमा ज्याला–जर्तीको मूल्य बढाएर भाउमा मनोमानी गरिरहेका छन् । यही कारण पनि होला, भन्सार दर घटेअनुसार सर्वसाधारणले सस्तोमा गहना किन्न पाएका छैनन् । मूल्य घटेपछि उनीहरूले जर्ती बढाएर सर्वसाधारणसँग महँगो मूल्य असुलिरहेका छन् । ‘औसतमा व्यवसायीले ज्याला–जर्तीका नाममा १० प्रतिशतसम्म थप शुल्क लिने गरेका थिए । यहाँ मूल्य बढ्न थालेपछि न्युरोड र विशालबजार क्षेत्रका गहना व्यवसायीले ज्याला–जर्ती घटाएर ५,९९ देखि ७ प्रतिशतसम्म शुल्क लिन…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रबन्ध निर्देशक: बिजय प्रकाश मिश्र
प्रधान सम्पादक: जनक राज पण्डित
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क