Author: ट्रान्सपेरेन्टखबर

काठमाडौं । आज नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीहरुको संयुक्त बैठक बस्दै छ । बैठक दिउँसो दुई बजे सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्ने छ । समसामयिक राजनीतिक अवस्थाबारे छलफल गर्न बैठक बोलाइएको सभापति देउवाको सचिवालयले जनाएको छ । ‘राजसंस्था पक्षधरहरुको प्रदर्शनको सन्दर्भमा गणतन्त्रवादीहरुको भूमिकाबारे छलफल हुने भनिएको छ,’ स्रोतले भन्यो । बैठकमा सरकारका कामकारबाहीका विषयमा पनि छलफल हुने बताइएको छ ।

Read More

काठमाडौँ । प्रहरीले २० करोडभन्दा बढी रकमसहित एकजनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले टोखा नगरपालिका–१ झोर क्षेत्रबाट उक्त रकमसहित गए राति एक जनालाई पक्राउ गरेको हो । कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश बस्नेतका अनुसार पक्राउ परेका व्यक्तिबाट उक्त परिमाणमा रकम बरामद गरिएको हो । पक्राउ परेका व्यक्तिको नाम भने खुलाइएको छैन । ना१ख १६५२ नम्बरको ट्रकबाट नेपाली रुपैयाँ, अमेरिकी डलर, युरोलगायत विभिन्न मुलुकका मुद्रा बरामद गरिएको प्रहरी वरिष्ठ उपरीक्षक बस्नेतले बताए । उक्त रकम चीन लैजाने तयारी रहेको खुल्न आएको छ ।

Read More

काठमाडौं । आईतवार बसेको प्रतिनिनिधिसभा बैठकमा नेपाली काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले श्याम घिमिरेले यौन व्यवसायलाई व्यवसायीकरण गर्न प्रस्ताव राखेका थिए । प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्ने क्रममा घिमिरेले यस्तो प्रस्ताव राखेका हुन् । उनले मदिर तथा धार्मिकस्थलमा मदिराजन्य पसलहरु राख्न नहुने तर यसको लागि पनि निश्चित् ठाउँ छुट्याउनुपर्ने बताएका हुन् । उनले भने,‘धार्मिक क्षेत्रमा पूर्ण रुपले मदिरा, मासुजन्य पदार्थहरु प्रतिबन्ध गर्नुपर्छ । तर, हामीले व्यवसायिक रुपमा यसको विकास पनि गर्नुपर्छ । त्यसको लागि निश्चित् ठाउँहरु तोकेर जानुपर्छ । मदिराको लागि छुट्टै, मनरोञ्जनको लागि पनि छुट्टै ठाउँको व्यवस्था गर्नुपर्छ । मैले त बारम्बार भन्ने गरेको छु यौन व्यवसायलाई पनि व्यवसायिकरण…

Read More

काठमाण्डौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले माध्यमिक शिक्षा परीक्षा ९एसइई० लाई व्यवस्थित, मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न निर्देशन दिएकी छिन्।  सोमबार ‘भर्चुअल’ माध्यमबाट मधेस प्रदेशका शिक्षा विकास तथा समन्वय इकाइ प्रमुखसँगको बैठकमा उनले परीक्षा सञ्चालनमा कुनै पनि कमजोरी स्वीकार्य नहुने स्पष्ट पारिन्। मन्त्री भट्टराईले स्थानीय र प्रदेश सरकारसँग समन्वय र सहकार्यलाई विशेष जोड दिँदै परीक्षालाई जवाफदेही ढङ्गले सञ्चालन गर्न आग्रह गरिन्। उनले परीक्षाको मर्यादा कायम राख्न नसकेमा शिक्षा विकास तथा समन्वय इकाइका प्रमुखसमेत जिम्मेवार हुनुपर्ने बताइन्। “परीक्षाको गुणस्तर कायम राख्न र अन्य अवाञ्छीत क्रियाकलापलाई निरुत्साहित गर्न मन्त्रालयले विशेष निगरानीको व्यवस्था गरेको छ। सबै विद्यार्थीले न्यायोचित अवसर पाउनका…

Read More

काठमाडौं । नेपाल प्रहरीको ३१ औ महानिरीक्षक ९आईजीपी०मा दीपक थापा नियुक्त भएका छन् । बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक ९एआईजी० थापालाई आईजीपी नियुक्त गरेको हो । मन्त्रिपरिषद्को निर्णयसँगै केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०को प्रमुख रहेका थापा प्रहरीको आईजीपी बन्न सफल भएका छन् । आईजीपीका ३ जना प्रतिस्पर्धीमध्ये वरीयतामा थापा एक नम्बरमा थिए । प्रतिस्पर्धाको दोस्रो नम्बरमा प्रहरी अतिरिक्त महानिरीक्षक सुदीप गिरी र तेस्रोमा टेकबहादुर तामाङ थिए । गिरी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र तामाङ उपत्यका प्रहरी कार्यालयमा कार्यरत छन् । २०५२ भदौ १९ मा प्रहरी सेवामा प्रवेश गरेका उनीहरूमध्ये दीपक थापा २०७९ चैत ६ मा वसन्त कुँवरसँगै एआईजीमा बढुवा भएका…

Read More

जनकपुरधाम । माध्यमिक शिक्षा परीक्षा ९एसइई० को केन्द्राध्यक्ष नियुक्ति गोलाप्रथाबाट नभए परीक्षा प्रक्रियामा मधेश प्रदेश सरकार सामेल नहुने चेतावनी दिइएको छ । प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिको निर्णयका आधारमा गोलाप्रथाबाट केन्द्राध्यक्ष चयन नभए प्रदेश सरकारले एसइई परीक्षा सञ्चालन प्रक्रियामा सामेल नहुने स्थिति आउन सक्ने मुख्यमन्त्री सतिशकुमार सिंहले चेतावनी दिएका हुन् । मुख्यमन्त्री सिंहका प्रेस सल्लाहकार अनिल कर्णले प्रेस विज्ञप्ति निकालेर उक्त कुराको जानकारी दिएका छन् । मुख्यमन्त्री सिंहले प्रदेशको शैक्षिक अवस्थामा सुधार गर्न भन्दै विद्यमान परीक्षा प्रणालीमा सुधार हुनुपर्ने सम्वद्ध पक्षलाई निर्देशन दिएका थिए । प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिले गोलाप्रथाबाट केन्द्राध्यक्ष चयन गर्ने निर्णय गरी कार्यान्वयनका लागि…

Read More

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ माथिको दफावार छलफल सदनमा पेस गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । आजै प्रधानमन्त्री ओलीले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव समेत प्रस्तुत गर्नुहुने कार्यसूची छ । त्यसैगरी, आजको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस्’ र उक्त विधेयकलाई पारित…

Read More

काठमाडौँ । प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवर सोमबारदेखि सेवा निवृत्त हुँदैछन् । २०७९ चैत १० गते आईजीपी नियुक्त भएका कुँवर ३० वर्षे सेवा अवधि पूरा गरेर अवकाशमा जान लागेका हुन् । कुँवरसँगै एआईजीहरू टेक प्रसाद राई, बुद्धिराज गुरुङ, दुर्गा सिंह, कुबेर कडायत र जनक भट्टराई पनि एकसाथ अवकाशमा जाँदै छन् । उनीहरूकै ब्याचमेट डीआईजीहरु गणेश चन्द, भोला रावल र ध्रुवराज राउत पनि आजैदेखि अवकाश हुन लागेका छन् । टेक प्रसाद राई कुँवरसँगै प्रहरी अतिरिक्त महानिरीक्षक ( एआईजी )  भएर आईजीपीको प्रतिस्पर्धामा थिए । सो ब्याचका श्यामलाल ज्ञवाली र किरण बज्राचार्यले यसअघि नै अवकाश पाइसकेका छन् । जनक भट्टराई केही दिनअघि…

Read More

काठमाण्डौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ। आज बिहान ११ बजे बस्ने बैठकमा व्यवस्थापनसम्बन्धी कार्यसूची रहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ। आजको बैठकमा व्यवस्थापन कार्य अन्तर्गत प्रधानमन्त्री केपी शर्मा ओलीले ुसुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा र पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन्। त्यस्तै आज भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथिको दफावार छलफल र पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने तालिका रहेको संसद सचिवालयले जनाएको छ।

Read More

काठमाडौं । सरकारले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति जफत गरी सरकारीकरण गर्ने निर्णय गरेको छ । सरकारको यो निर्णयबाट पाँचजना पूर्वप्रशासक आर्जित सम्पत्ति र आपराधिक गतिविधिबाट एक भारतीयले नेपालमा खरिद गरेको घरजग्गा जफत हुने भएको छ ।भ्रष्टाचारजन्य कसुरका मुद्दामा सर्वोच्च अदालतबाट जफत हुने भनी भएका फैसला भएका ब्यक्तिका घरजग्गालगायत चल अचल सम्पत्ति सरकारका नाममा ल्याउन गृह मन्त्रालयले प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । गृहमन्त्री रमेश लेखकले मन्त्रीस्तरीय निर्णय गर्दै भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउने प्रक्रिया समेत अघि बढाउनु भएको हो । गृह मन्त्रालयका अनुसार पूर्व प्रशासक, कर्मचारी तथा परिवारका सदस्यहरू, आमोनन्द मिश्र, सरस्वती ढुङ्गाना, मुरारीबहादुर कार्की, केशरजङ्ग…

Read More