Author: ट्रान्सपेरेन्टखबर
काठमाडौं । तीन दलको शीर्ष नेताहरुको बैठकमा संक्रमणकालीन न्याय निरुपणको काम टुंग्याउने बिषयमा छलफल भएको छ । छलफलपछि प्रधानमन्त्रीका विज्ञ सल्लाहकारसमेत रहेका एमाले नेता अग्नि खरेलका अनुसार आयोग गठनका लागि सर्च कमिटी बनाउने प्रधानमन्त्रीको प्रस्तावमा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमति जनाएका हुन् । बेपत्ता पारिएका व्यक्तिहरुको छानविन तथा सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ को दफा ३ को उपदफा ३ बमोजिम दुवै आयोगको अध्यक्ष तथा सदस्य नियुक्तिको लागि सिफारिस समिति सर्च कमिटी गठन प्रक्रिया अगाडि बढाउन प्रधानमन्त्रीले दुवै दलका नेताहरुसँग परामर्श गर्नुभयो र परामर्श अनुसार सिफारिस समिति बढाउने प्रक्रिया अघि बढ्छ ।’…
अष्ट्रेलिया । अष्ट्रेलियाको राजधानी क्यानबेरामा आयोजित ‘नेपाल महोत्सव–२०२५’ सफलताका साथ सम्पन्न भएको छ। नेपाली कला संस्कृति, नेपाली पहिरन, खानाको परिकार र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य राखी क्यानबेरामा आयोजित महोत्सवले राजधानी नेपालमय बनेको थियो। कमनवेल्थ पार्कमा आयोजित महोत्सवअन्तर्गत क्यान्बेराको सिभिकको गरिमा प्लेसबाट बिहान साढे दश बजेदेखि सुरु भएको प्रभातफेरी नगर परिक्रमा गरी कमन्वेल्थ पार्कको स्टेज ८८ मा पुगेर टुङ्गिएको थियो। पञ्चेबाजासहित निस्किएको प्रभातफेरीमा लाखे नाच र कुमारी नाच प्रस्तुत गरिएको थियो। सो अवसरमा अष्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवलगायत अष्ट्रेलियामा रहेका विभिन्न नेपाली सङ्घसंस्था, स्थानीय अष्ट्रेलियालीहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो। त्यसैगरी राजदूत यादवको प्रमुख आतिथ्यमा भएको औपचारिक कार्यक्रममा अष्ट्रेलियाली सरकारका…
काठमाडौं । सत्तारुढ दल नेकपा एमाले नेपाली काँग्रेस तथा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका शिर्ष नेताहरुको बैठक सिंहदरवारमा जारी रहेको छ । प्रमुख तीन दलका शीर्ष नेताहरु बैठकमा सहभागी भएका छन् । केही बेरअघि मात्रै सिंहदरबारमा शुरु भएको तीन दलका शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री केपिी शर्मा ओली, काँग्रेस सभापती शेर बहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सहभागी भएका छन् । बैठकमा गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्री ओलीका विज्ञ सल्लाहकार अग्नि खरेल, माओवादी उपमहासचिव शक्ति बस्नेत र विज्ञ खिमलाल देवकोटा सहभागी छन् । सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगमा पदाधिकारी नियुक्ति गर्ने मुख्य तयारी छ…
काठमाडौं । कवाड व्यवसायी समाज नेपालले काठमाडौं महानगरपालिकाले कवाड व्यवसायीमाथि गरिरहेको ज्यादती तत्काल रोक्न माग गरेको छ । आज ९सोमबार० रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै कवाड व्यवसायी समाजले आफूहरुमाथि महानगरले गरिरहेको ज्यादती रोकेर सहज ढंगले व्यवसाय गर्ने वातावरण निर्माण गरिदिन आग्रह गरेको हो । आफूहरुमाथि भइरहेको ज्यादती नरोकिएको खण्डमा थप संघर्षका कदमहरु अगाडि बढाउने उनीहरुको चेतावनी छ । महानगरले कवाड व्यवासायीहरुको व्यवसायस्थलमा डोजर आतङ्क मच्चाएको, तोडफोड गरेको, साईकल र समान जफत गरेको उनीहरुको आरोप छ । उनीहरुले आफूहरुको जिउ, धनको रक्षाका लागि सरोकारवालाहरुको पनि ध्यानाकार्षण गराएका छन् । कवाड व्यवसायी समाजका अध्यक्ष राम केवल गुप्ताले व्यवसायीमाथि भइरहेको ज्यादतीको विरुद्धमा…
काठमाडौं, ११ चैत्र । नेकपा ( माओवादी केन्द्र ) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । आज अपरान्ह शितलनिवासमा पुगेर प्रचण्डले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेको प्रचण्डको सचिवालयले जनाएको छ । साथैभेटमा वर्तमान समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको समेत प्रचण्डको सचिवालयले जनाएको छ । आजै प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि प्रचण्डको भेटवार्ता तय भएको छ । तीन नेताबिचको भेटवार्ताअघि प्रचण्डले राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् ।
लमजुङ । लमजुङ–मनाङ सडकखण्डमा आज दिउँसो एककासी सुख्खा पहिरो खस्दा आवागमन पूर्ण रूपमा ठप्प भएको छ। जिल्ला प्रशासन कार्यालय लमजुङका अनुसार सोमबार दिउँसो करिब १२ बजेतिर मर्स्याङ्दी गाउँपालिका–४ अन्तर्गत अक्टोपस झरना नजिकै सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको हो। अचानक खसेको पहिरोले सडक पूरै थुनिँदा यातायात सेवा ठप्प भएको छ। सवारी चालक तथा यात्रुहरूलाई आवश्यक सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ। डुम्रे–बेसीशहर–चामे सडक आयोजना कार्यालयका सब –इन्जिनियर सुमन अधिकारीका अनुसार पहिरोमा ठूला ढुङ्गाहरू खसेकाले सडक खुलाउन समय लाग्ने छ। पहाडबाट ठूला ढुङ्गाहरू खसेका छन्। हटाउन दुई वटा मेसिन ९जेसिभी० मगाइएको छ,’ उनले भने, ‘ढुंगा ठूलो भएकाले कम्तीमा तीनदेखि चार घण्टासम्म…
सोलुखुम्बु। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताले रगत बगाएर कमाएको उपलब्धि भएको बताएका छन्। उनले शासनमा बसेर गल्ती गर्नेलाई दण्डित गर्ने अधिकार यो व्यवस्थाले नागरिकलाई दिएको पनि उल्लेख गरे। सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको नयाँ प्रशासकीय भवन उद्घाटन समारोहमा बोल्दै उनले हरेक नागरिक यो व्यवस्थामा आफ्नो सार्वभौमसत्ताको मालिक भएको बताए। उनले भने, ‘शासन व्यवस्थालाई बलियो बनाउन र यो व्यवस्थाले नै जनताको भविष्य सुनिश्चित गर्छ भन्ने अनुभव गराउन सरकार, राजनीतिक दल र सबैको जिम्मेवारी छ।’ उनले स्वतन्त्रता र शासन प्रणाली समयको माग र जनताको चाहना भएको बताए। नेपाली जनताले संविधानबाहिरको निरंकुशता वा अराजकता स्वीकार नगर्ने उनको भनाइ थियो। उनले भने, ‘इतिहासले…
काठमाडौं । नेकपा ( माओवादी केन्द्र ) सहित चार राजनीतिक दल आवद्ध समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा विशाल जनप्रदर्शन गर्दैै छ । नेकपा माओवादी केन्द्र, नेकपा ( एकीकृत समाजवादी) , नेपाल कम्युनिष्ट पार्टी र नेपाल समाजवादी पार्टीले आ–आफ्नो दलका मातहतको निकायमा जनप्रदर्शनमा सहभागी हुनलाई सर्कुलर जारी गरिसकेको छ । चार दल आवद्ध मोर्चाले काठमाडौंमा एक लाखभन्दा बढी जनता उतार्ने तयारी गरेको छ । समाजवादी मोर्चाले गर्न लागेको उक्त प्रदर्शन कसको विरुद्धमा हो भन्ने बहस पनि सुरु भइरहेको छ । माओवादी केन्द्रका नेता एवं प्रतिनिधि सभा सदस्य सुदन किराती सरकारको जनविरोधी कार्यको भण्डाफोर र संविधानविपरीत अराजक गतिविधिको विरोधमा आफूहरु सडकमा…
काठमाण्डौं । अभिनेत्री मनीषा कोइरालाले नेपाली चलचित्रमा काम गर्ने चाहना रहेको बताएकी छन्। अभिनेत्री कोइरालाले चलचित्र ‘फेरी भेटौँला’मा अभिनय गरेपछि बलिउड प्रवेश गरेकी थिइन्। उनले पछि नेपाली चलचित्र ‘धर्मा’मा अभिनय गरिन्। बलिउडमार्फत विश्वभर अभिनयमा छाप छोड्न सफल अभिनेत्री कोइरालाले क्यान्सर रोगसँग जित हासिल गरेपछि आफ्नो जीवनशैलीसँगै बुझाइमासमेत परिवर्तन महसुस गरिन्। नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा काठमाडौँमा बिहीबारदेखि सुरु ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ९निफ० को आठौँ संस्करणमा आयोजित ‘सिनेमा संवाद’मा उनले आफू पुनः नेपाली चलचित्रमा काम गर्न इच्छुक भएको बताएकी छन्। उनले भने, ‘म नेपाली चलचित्रमा काम गर्न इच्छुक छु, नेपाली लेखक तथा निर्देशकले नयाँ र भिन्न विषय लिएर मलाई…
काठमाडौँ । फागुनमा देशभर चार हजार चार सय ६८ आपराधिक घटनाका मुद्दा दर्ता भएका छन् । फागुनमा दर्ता भएका आपराधिक घटनाका मुद्दामध्ये सबैभन्दा बढी बैंकिङ कसुरका एक हजार एक सय २७ ( २५.२२ प्रतिशत ) रहेका छन् । काठमाडौँ उपत्यकामा अपराधका घटना बढी घट्नुका साथै सबैभन्दा बढी बैंकिङ कसुरका मुद्दा दर्ता भएका नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए। उनका अनुसार बैंकिङ कसुरमा पनि चेक बाउन्सका मुद्दा धेरै छन् । पछिल्लो समयमा प्रविधिको विकाससँगै सामाजिक सञ्जालको दुरुपयोगबाट हुने अपराधका घटना बढ्दै गएको उनले बताए । बैंकिङ कसुरमा एक हजार एक सय २७ मुद्दा दर्ता भएका छन्…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रबन्ध निर्देशक: बिजय प्रकाश मिश्र
प्रधान सम्पादक: जनक राज पण्डित
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क