Author: ट्रान्सपेरेन्टखबर

काठमाण्डौं । आज ( मंगलबार )  संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दै छ। बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बैठक बस्ने भएको हो। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय समावेशी आयोग र मुस्लिम आयोगको छैठौं वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल हवाई सेवा प्राधिकरण विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ। आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले बैंकिङ कसूर तथा सजाय ९दोस्रो संशोधन० विधेयक २०८० माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन्। यस्तै शिक्षा,…

Read More

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मित्र राष्ट्र थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ( बिमस्टेक )  को छैटौँ शिखर सम्मेलनमा भाग लिन आज बैंककतर्फ प्रस्थान गर्ने भएका छन् । थाइल्याण्डका प्रधानमन्त्री फेथोङथान सिनावात ( पैटोङ्टार्न शिनावात्रा ) को मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट इतिहासमै पहिलो पटक थाइल्याण्डको औपचारिक भ्रमण हुन लागेको हो। प्रधानमन्त्री ओली नेतृत्वको भ्रमण टोली आज दिउँसो १३ः३० बजे थाइ एयरलाइन्सबाट बैंककतर्फ प्रस्थान गर्नेछ। प्रधानमन्त्रीको सचिवालय र परराष्ट्र मन्त्रालयले भ्रमणको सबै आवश्यक तयारी पूरा गरिसकेको जनाइएको छ। यही चैत २० गते प्रधानमन्त्री ओलीबाट थाइल्याण्डको औपचारिक भ्रमण सुरु हुनेछ। भ्रमणका क्रममा प्रधानमन्त्रीस्तरमा…

Read More

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको पहिलो महाधिवेशन आगामी वैशाखमा हुने बताएका छन्। सभापति रवि लामिछानेको अध्यक्षतामा आज बसेको केन्द्रीय समितिको बैठकले पार्टीको राष्ट्रिय भेलाबाट घोषणा गरेकै समय अर्थात वैशाखमा पहिलो महाधिवेशन आयोजना गर्ने निर्णय गरेको हो। महाधिवेशन आयोजना गर्ने सन्दर्भमा केन्द्रीय समितिका सदस्य र प्रदेश समितिबाट आगामी ३ दिनभित्र लिखित राय र कार्यविवरण पार्टीमा पेश गर्न उनले निर्देशन दिएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।   त्यसैगरी बैठकले ‘जनताको कुरा सुन्ने यात्रा, जनयात्रा’ यही चैत २३ गते चितवनबाट शुरु गर्ने निर्णय गरेको छ।  पार्टीका तर्फबाट राष्ट्र निर्माणसम्बन्धी खाका तयार गर्न उपसभापति डोलप्रसाद अर्याल र डा. स्वर्णिम…

Read More

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत १५ गते भएको तीनकुने घटनामा मारिएका पत्रकार सुरेश रजकका परिवारलाई सरकारले आवश्यक सहयोग गर्ने बताएका छन्। प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको भेटमा उनले मृतकको दाहसंस्कार गर्न परिवारजनलाई आग्रह गर्दै सुरेशकी श्रीमतीलाई रोजगारीलगायत आवश्यक व्यवस्थाका लागि सरकारले ध्यान दिने बताए। प्रधानमन्त्री ओलीले अराजक जत्थाको आगलागीका कारण अकालमा ज्यान गुमाउन पुगेका पत्रकार रजकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै परिवारमा समवेदना दिए। उनले उक्त दुःखद् घटनाको छानबिन गरी दोषीमाथि कडा कारबाही प्रक्रिया सुरु भएको जानकारी दिए। प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेको समन्वयमा भएको भेटमा सुरेशका दाजु रमेश रजक र दिनेश रजकलगायत सहभागी थिए।

Read More

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न ५ वटा विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपतिले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई पेस भएका विधेयकहरू संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सोमबार प्रमाणीकरण भएका विधेयकहरूमा सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६लाई संशोधन गर्न बनेको विधेयक, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक र निजीकरण ऐन, २०५० लाई संशोधन…

Read More

काठमाडौं । राष्ट्रिय सभाबाट पाँच वटै अध्यादेशको प्रतिस्थापन विधेयक पारित भएको छ । आज ( सोमबार )  बसेको राष्ट्रिय सभाबाट प्रतिस्थापन विधेयक पारित भएको हो । आज पारित नभएको भए अध्यादेशहरू निष्क्रिय हुने थिए । हिजो नै सत्तापक्षले अध्यादेश पारित गर्न लागेको थियो । तर निरन्तरको संसद अवरोधका कारण अप्ठेरोमा परेको सरकारले आज संसदका दुबै सदनमा प्रधानमन्त्रीले सम्बोधन गरेपछि मात्रै यि बिधेयक पारीत भएका हुन् । सरकारले अध्यादेश मार्फत ल्याएका विधेयकहरु निष्क्रिय हुने अवस्थामा पुगेका थिए । कुलमान घिसिङ्गलाई हटाएको बिरोधमा निरन्तर संसदका दुबै सदन अवरोध भएसँगै के हुन्छ भन्ने अन्यौलता सत्तापक्षकाबिच छाईरहेको थियो ।

Read More

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले सहकारी संस्थामा बचत गर्ने रकमको सीमा निर्धारण गर्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रियसभाको आजको बैठकमा सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथिको दफावार छलफलका क्रममा सांसद तुलप्रसाद विश्वकर्माले १० करोडभन्दा कम कारोबार हुने सहकारी संस्थाको सञ्चालक समितिका पदाधिकारीको कार्यकाल बढीमा दुई पटकसम्म हुने व्यवस्था गर्नु उचित नहुने बताए । “सहकारी बचतको सीमा निर्धारण गर्नुपर्ने छ । बचत तथा ऋणको सीमा निर्धारण गरिएमा सहकारीबाट ठगिने आत्महत्यासम्मको बाटो अपनाउनुपर्ने अवस्था आउन छैन”, उनले भने । सांसद विष्णुबहादुर विश्वकर्माले सहकारी सञ्चालक समितिको अध्यक्ष र सदस्यको पदावधिको औचित्यका आधारमा सिफारिस भएमा मात्रै पुनःनियक्ति गर्नुपर्ने प्रावधान राखिनुपर्ने सुझाव दिए…

Read More

काठमाडौँ । सांसद रामप्रकाश चौधरीले काठमाडौँको तीनकुनेमा यही चैत १५ गते भएको घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याएर आगामी दिनमा त्यस्ता गतिविधि दोहोरिन नदिन सरकारको ध्यानाकर्षण गराए । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद प्रेम सुवालले प्रधानमन्त्री केपी शर्मा ओलीले गर्न लागेको थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलनको कार्यसूचीका बारेमा थप प्रस्ट पार्नुपर्ने बताए । सांसद सुवालले भ्रमणका क्रममा कुनै पनि सम्झौता गर्नुपर्ने भए नेपाली जनतालाई जानकारी गराउनुपर्ने उल्लेख गरे । उनले तीनकुने घटनामा ज्यान गुमाएका व्यक्तिका लागि सरकारका तर्फबाट उचित राहत र क्षतिप्रर्तिको प्रबन्ध गर्नुपर्ने बताए । सांसद…

Read More

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली २०७८ भदौमा एमाले विभाजन गरेर नयाँ दल खोलेयता नेकपा एकीकृत समाजवादी बनेपछि पहिलो पटक एकीकृत समाजवादीको पार्टी कार्यालय पुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको कार्यालय पुगेर दिवंगत नेता एवम् लेखक कमल कोइरालाको पार्थिव शरीरमा श्रद्धाञ्जली दिएका छन्। ओली पुग्दा नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, महासचिव घनश्याम भुसाल लगायतका नेताहरू पनि थिए । ओलीले उनीहरूसँग केही बेर भलाकुसारी गरे । ओलीले त्यसक्रममा यही शुक्रबार राजावादीले तोडफोड र आगजनी गरेर पुर्‍याएको क्षतिको विवरणबारे पनि जानकारी लिएका छन् । नेकपा एमालेलाई विभाजित गर्दै २०७८ भदौ २ गते नेकपा एस दर्ता भएको…

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दुई तिहाइको सरकाले आफूलाई जिउँदो छोड्नु नै खुशीको कुरा भएको बताएका छन् । आजबाट पार्टीको जिम्मेवारीमा फर्किएका सभापति लामिछानेले केन्द्रीय समिति बैठकअघि पत्रकार सम्मेलन गरेर यस्तो बताएका हुन् । ‘सरकारको षड्यन्त्रको सिलसिला सकिएको छैन, जुनसुकै तराजुमा तौलन तयार छु । अदालतको आदेशको अपव्याख्या गरेका छन् । दुई तिहाइको सरकारले जिउँदै छोडेको छ यही मेरो जित हो ।’ सभापति लामिछानेले भने, ‘यो डराउँछ भन्ने लागेको होला तर म लड्छु । तर लुटतन्त्र टुलुटुलु हेरेर बस्दिनँ । थप केही मुद्दा लगाउनु छ भने लगाओस् ।’ लामिछाने पार्टी जिम्मेवारीमा फर्कने सूचना पाएपछि उनको स्वागतका लागि…

Read More