Author: ट्रान्सपेरेन्टखबर

काठमाडौं । काठमाडौं उपत्यकामा हिजोअस्तिको तुलनामा वायु प्रदूषण कम भएको छ । वायुको वेग बिहीबारको तुलनामा आज ( शुक्रबार )  धेरै भएकाले प्रदूषण केही घटेको हो । हावाको गुणस्तर मापन गर्ने आईक्यू एअरका अनुसार आज पनि काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित सहर बनेको छ । तर काठमाडौंको वायुको एअर क्वालिटी इन्डेक्स ( एक्यूआई)  भने बिहीबारको भन्दा घटेको छ । बिहीबार ३५२ रहेको एक्यूआई आज २३२ मा झरेको छ । हावाको गुणस्तर मापन सूचक एक्यूआई तीन सयभन्दा माथि पुग्नुलाई सबैका लागि खतरनाक अवस्था मानिन्छ । हावामा प्रदूषणको मात्रा बढेसँगै अस्पतालमा छाती, आँखा, नाक, कान र घाँटीका बिरामीको चाप बढेको छ । वातावरण…

Read More

रुपन्देही । रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने र पूर्व डिआईजी छविलाल जोशीको मुद्दाको उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा भएको पेशी हेर्दाहेर्दैमा राखिएको छ । बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा उनीहरुविरुद्धको मुद्दा उच्च अदालतमा छ । बिहीबार प्रतिवादीतर्फ रवि लामिछानेका वकिलको बहस नसकिएपछि मुद्दा शुक्रवारका लागि हेर्दाहेर्दैमा राखिएको हो । रुपन्देही जिल्ला अदालतले यो मुद्दामा रविलाई १ करोड धरौटीमा छाडेको छ भने छविलाल पुर्पक्षका लागि थुनामा पठाएको छ । सुप्रिम सहकारी ठगी प्रकरणमा गत माघ १३ गते रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रहृलादकुमार योगीको इजलासले तत्कालीन प्रबन्ध निर्देशक लामिछानेलाई एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।…

Read More

काठमाडौँ । वायु प्रदूषणका कारण काठमाडौँ उपत्यका केही दिनयता विश्वकै पहिलो प्रदूषित सहरका रूपमा सूचीकृत भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ कोे तथ्याङ्क हेर्दा बिहीबार मध्याह्नसम्ममा पनि पहिलो प्रदूषित सहरका रूपमा सूचीकृत भई वायु प्रदूषण ३४८ एक्युआईसम्म पुगेको थियो । प्रदूषण बढेसँगै विभिन्न सरकारी निकायदेखि वातावरणविज्ञ तथा चिकित्सकले विषेश चासो दिँदै सतर्कता अपनाउन र अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन अनुरोध गरेका छन् । प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हाल्नुभएका उपप्रधानमन्त्री प्रकाशमान सिंहले बिहीबार सरोकारवालासँग भेट गरी प्रदूषणलाई कसरी रोक्ने रु र असर कम गर्ने विषयमा छलफल गर्नुभएको थियो । बिहीबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विज्ञप्ति नै जारी गर्दै उपत्यकामा वायु प्रदूषण बढेसँगै उच्च…

Read More

बैङ्कक । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ( बिम्स्टेक )  कोे छैटौँ शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै हुनुहुन्छ । उहाँसहित सदस्य मुलुकका सरकार प्रमुखहरुले सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । शिखर सम्मेलनको पहिलो कार्यसूचीमा ‘बिम्स्टेक म्यारिटाइम ट्रान्सपोर्ट कोअपरेसन’मा हस्ताक्षर गर्ने रहेको छ । आयोजक राष्ट्र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्ले स्वागत सम्बोधन गरेपछि कायसूचीहरु प्रस्तुत गरिनेछन् । तत्पश्चात् बङ्गलादेश, भुटान, भारत, म्यान्मार, नेपाल र श्रीलङ्काका प्रधानमन्त्री ( प्रतिनिधिमण्डलका नेता ) हरुबाट सम्बोधन हुनेछ । सम्बोधनपछि कार्यसूचीहरु पारित हुनेछन् भने आयोजक मुलुकका प्रधानमन्त्री शिनावात्ले पत्रकार सम्मेलन गर्नुहुने कार्यक्रम छ । सम्मेलनमा…

Read More

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तीन देशका लागि गैरआवासीय राजदूत नियुक्त गरेका छन्। राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा २८२ को उपधारा १ बमोजिम ती देशका लागि गैरआवासीय राजदूत नियुक्त गरेका हुन्। जसअनुसार चीनका लागि नेपाली राजदूत प्राडा कृष्णप्रसाद ओलीलाई मंगोलियाका लागि र प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियाका लागि तथा इजिप्टका लागि नेपाली राजदूत सुशीलकुमार लम्साललाई लेबनानका लागि गैरआवासीय राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

Read More

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार पूर्णतः असफल भएको दावी गरेका छन्। बिहीवार मधेसकेन्द्रित सात दलको संघीय लोकतान्त्रिक मोर्चा कार्यक्रमको घोषणा समारोहमा बोल्दै अध्यक्ष यादवले यस्तो दावी गरेका हुन्। उनले वर्तमान सरकार गठन भएको ९ महिना बितिसक्दा समेत मुलुकमा सुशासन कायम, भ्रष्टाचार नियन्त्रण र अर्थतन्त्रमा कुनै सुधार गर्न नसकेको टिप्पणी गरे। उनले सरकारले मुलुकमा सुशासन कायम गर्न नसक्दा लुटतन्त्र र बिचौलियाको बिगबिगी रहेको बताए। सरकारकै असफलताका कारण प्रतिगमनकारी शक्तिहरू व्यवस्था ढाल्ने दुस्साहस गरिरहेको उनको भनाइ छ। यादवले भने, ‘सरकार गठन भएको आज झण्डै नौ महिना बिते पनि न सुशासन न भ्रष्टाचार नियन्त्रण न आर्थिक सुधार…

Read More

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले तोकिएकै मितिमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगता आयोजना र व्यवस्थापन गर्न युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष धुव्र आचार्य र राखेपका सदस्य टङ्कलाल घिसिङलाई बोलाएर तोकिएकै मितिमा खेलकुद प्रतियोगताको आयोजना र व्यवस्थापन गर्न निर्देशन दिएको हो । समिति सभापति अमरबहादुर थापाले भौतिक पूर्वाधारलगायत अन्य आवश्यक तयारी र व्यवस्थापनको कार्यलाई तीव्रताका साथ सम्पन्न गर्नेगरी सबै कार्य जतिसक्दो छिटो सक्न र भव्यताका साथ तोकिएकै मितिमा खेलकुद प्रतियोगता गर्न मन्त्रालयलाई निर्देशन दिएको बताए । प्रतियोगिता आगामी २०८२ जेठ ३…

Read More

काठमाण्डौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाइएका कुलमान घिसिङको रिटमा सर्वोच्च अदालतले सरकारको निर्णयविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। योसँगै नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको कार्यकारी निर्देशकाके बाटो खुलेको छ । मङ्गलबारदेखि हेर्दाहेर्दैमा राखिएको घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिटमाथिको सुनुवाइ बिहीबार सकिए पनि घिसिङको मागअनुसार सरकारको निर्णय रोक्ने आदेश नआएको सर्वोच्च प्रशासनले जनाएको छ। न्यायाधीशद्वय डा. कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासले गरेको सुनुवाइपछि यो फैसला आएको हो। गत सोमबार मन्त्रिपरिषद्ले घिसिङलाई हटाएर शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गरेपछि घिसिङले आफ्नो पदावधि बाँकी छँदै बदनियतपूर्वक हटाइएको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए। उनले सरकारको निर्णयविरुद्ध…

Read More

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले गत चैत्र १५ गते तीनकुने घटनाको जिम्मा नेपाल सरकारले लिनुपर्ने र रवीन्द्र मिश्र र धवल शमसेर राणा लगायतका व्यक्तिहरुलाई थुनामा राख्नु आपत्तिजनक भएको बताएका छन् । जोर जबर्जस्ती गर्न खोजे सरकारलाई महङ्गो पर्न सक्छ थापाले भने । आज पार्टीका प्रबक्ता स्वर्गीय बसन्तमान सिंह अधिकारिको १३ औ दिनको पुन्यतिथिमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै थापाले हिन्दु राष्ट्रको मान्यता र राजसंस्थासहितको प्रजातन्त्रको लागि राष्ट्रवादीहरु एक ठाउँमा उभिनुको विकल्प नरहेको बताएका छन् । थापाले अहिले गणतन्त्रवादीहरुले राजालाई बदनाम गरी झुटा आरोप लगाउँदा आफ्नो विचारको प्रतिरक्षाको निम्ति एकठाउँमा उभिनुपर्ने बताएका हुन् । उनले भने, ‘म देशभरका राष्ट्रवादी साथीहरुलाई…

Read More

काठमाडौँ । तराई–मधेस केन्द्रित सात राजनीतिक दलले ‘सङ्घीय लोकतान्त्रिक मोर्चा’ घोषणा गरेका छन् । संविधान संशोधन, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, सुशासन प्रवर्द्धनलगायत उद्देश्यसहित आज एक कार्यक्रमबीच मोर्चा घोषणा गरिएको हो । मोर्चामा उपेन्द्र यादव अध्यक्ष रहेको जनता समाजवादी पार्टी (जसपा) नेपाल, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, सिके राउत अध्यक्ष रहेको जनमत पार्टी, रञ्जिता चौधरी अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टी, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी तथा वृषेशचन्द्र लाल नेतृत्वको तजनता प्रगतिशील पार्टी रहेको छ । विभिन्न २६ बुँदे उद्देश्य र प्रतिबद्धतासहित मोर्चा घोषणा गरिएको हो । मोर्चाको मुख्य उद्देश्य सामथ्र्य…

Read More