Author: ट्रान्सपेरेन्टखबर
काठमाण्डौं । आईतवार सम्पन्न भएको उपनिर्वाचनमा काठमाण्डौ महानगरपालिका वडा न १६ वाट रोजिना श्रेष्ठले पद तथा गोपनियताको सपथ लिएकी छिन् । निर्वाचन आयोगवाट बिजेताको प्रमाणपत्र लिए लगत्तै उनले सपथ लिएकी हुन् । काठमाडौं– १६ की नवनिर्वाचित वडाध्यक्ष रोजिना श्रेष्ठलाई मेयर बालेन शाहले शपथग्रहण गराएका छन् । काठमाडौं महानगरपालिकाको कार्यालयमा आयोजित एक कार्यक्रमबिच श्रेष्ठलाई शपथग्रहण गराइएको हो । रोजिना राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट निर्वाचित भएकी हुन् । काठमाडौं– १६ बाट निर्वाचित नेपाली कांग्रेसका वडाध्यक्ष मुकुन्द रिजालको निधनपछि यहाँ उपनिर्वाचन भएको हो । त्यसै गरी श्रेष्ठले वडा नं १ट को वडा कार्यालयमा गएर कार्यभार समेत सम्हालि सकेकी छिन् । उनी काठमाण्डौ महानगरपालिकामा…
काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओली चिन भ्रमणमा छन् । उनले त्यहाँ समकक्षीदेखि बिभिन्न दलका नेताहरुुँग भेटवार्ता गरीरहेका छन् । नेपाल र चीनले सबैभन्दा बढी प्राथमिकता दिएको बीआरआई फ्रेमवर्क सम्झौतामा हस्ताक्षर नै नगरी नेपाल(चीन संयुक्त वक्तव्य जारी भएको छ । चीनले प्रस्ताव गरेको बीआरआई कार्यान्वयन योजनामाथि समीक्षा गर्ने तथा दुई मुलुकबीचको सहमतिको बिन्दू पहिल्याउन दुवै मुलुकले करिब एक महिनाको समय खर्चेका थिए । प्रधानमन्त्रीको भ्रमणमा अन्य एजेन्डालाई थाती राख्दै सम्पूर्ण ध्यान त्यही दस्तावेजलाई अन्तिम रुप दिनमा सरकारले ध्यान लगाएको थियो । अन्तिममा नेपालले फ्रेमवर्क फर बेल्ट एन्ड रोड कोअपरेसनको नाममा आफूले हस्ताक्षर गर्न चाहेको दस्तावेज चिनियाँ पक्षलाई पठाएको थियो ।…
बागलुङ, मंसिर १८ । बागलुङ नगरपालिका–१४ नेपानेका ४५ वर्षीय कुमार बस्नेतले व्यावसायिक रूपमा गाईभैँसी पाल्न थालेको १२ वर्ष पुगेको छ । अहिले उनले दूध बिक्री गरेर वार्षिक रु ३० लाख आम्दानी गर्दै आएका छन्। दैनिक एक सय लिटरभन्दा बढी दूध उत्पादन गरेर अगुवा कृषकका रूपमा बस्नेत चिनिन्छन् । विसं २०६९ मा तीन वटा भैँसीबाट ‘बस्नेत पशुपालन फार्म’ सञ्चालन गरेका उनको फार्ममा अहिले विभिन्न प्रजातिका ११ वटा भैँसी र नौ वटा गाई छन् । छ वर्ष साउदी अरब, ११ महिना सिङ्गापुर बसरे फर्किएका बस्नेतले तीन वर्ष बागलुङ बजारमा व्यवसाय सञ्चालन गरेका थिए । व्यापारमा मुनाफा नभएपछि पसल बेचेर पुनःविदेश जाने सोचमा…
काठमाडौं । चुरे क्षेत्रको संरक्षण तथा अर्थतन्त्र सुधारका लागि बाँसका विरुवा रोप्ने योजनासहित प्रस्ताव गरिएका दातृ निकायहरू फर्किएपछि सरकार नयाँ दातृ निकायको खोजीमा छ । चुरेमा बाँस रोप्न आवश्यक वित्त सहयोग उपलब्ध गराउन इच्छुक देखिएका दातृ निकायहरू लामो समयसम्म सहमति पाउन नसकेपछि फर्किएका थिए । राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिले नै वन तथा वातावरण मन्त्रालयबाट समयमा सहमति नआएपछि दाताहरूले आफ्नो प्रस्ताव फिर्ता गरेको जानकारी गराएको छ । समितिका अनुसार बाँस रोप्नका लागि चार अर्ब ८८ करोड ४० लाख ९३७ मिलियन अमेरिकी डलर० अनुदान दिन फ्रान्सको दाता ‘रिफरेस्ट एक्सन’ तयार थियो । तर लामो समयसम्म सहमति पाउन नसकेपछि अनुदान उपलब्ध…
काठमाडौं, । व्यवसायी मीनबहादुर गुरूङले नेकपा ९एमाले० लाई दान दिएको जग्गाका सन्दर्भमा परेको रिटको सुनुवाइ आज पनि हेर्न नभ्याइनेमा परेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र नित्यानन्द पाण्डेयको इजलासमा सुनुवाइका लागि पेशी तोकिएको उक्त मुद्दा अन्ततः आज पनि हेर्न नभ्याइनेमा परेको हो । उक्त मुद्दा आज सातौं पटक सुनुवाइका लागि पेशी चढेको थियो । पटक–पटक यो मुद्दा हेर्न नभ्याइनेमा पर्दै आएको छ ।व्यवसायी गुरूङ दम्पतीले एमालेको केन्द्रीय कार्यालय भवन बनाउन सो जग्गा दान दिएपछि अधिवक्ता ज्ञानबहादुर बस्नेतले जग्गा दान र भवन निर्माण रोक्न माग गर्दै सर्वोच्चमा रिट दिएका थिए । एमालेले भ्रष्टाचार र सरकारी जग्गा व्यक्तिगत बनाउने अभियोग…
काठमाडौं । नागढुङ्गा–मुग्लीनसडक खण्डको अस्तव्यस्तताले जनतालाई सास्ति भएको भन्दै पहिला देश ९नेसन फर्सट०ले सरकारको ध्यानकर्षण गराएको छ । सोमबार राजधानीको संवाद डबलीमा नेसन फर्सटले पत्रकार सम्मेलनको आयोजना गरी मंसिर २१ र २२ गते जनसंवाद तथा सद्भावना यात्रा गर्ने जानकारी दिएको छ । सो सडक खण्डको निर्माण कार्यलाई समयमा काम नगरी जनतालाई सास्ति दिएको नेसन फर्सट अभियानका संयोजक डा।नन्द प्रसाद कप्रीले बताएका छन् । कप्रील काम सुरु भएको ३ वर्ष वितिसक्दा पनि २५ प्रतिशत पनि काम नसकेकोले सरकारलाई ध्यानकर्षण गराउँदै आफूहरुले जनचेतनामुलक अभियान थालेको बताएका छन् । आफूहरुले अनुगमन र निरिक्षण गर्दा सडकमा चलेको मनपरीले अस्तव्यस्त बनाएकोप्रति चिन्ता व्यक्त गर्दै डा।कप्रीले…
वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल पर्साले अन्तरदेशीय सीमा क्षेत्रमा हुनसक्ने अपराध र भन्सार छली रोक्न उच्च प्राथमिकता दिएको छ । पर्सा जिल्लामा एक सय सात किलोमिटर सीमा क्षेत्र भारतसँग जोडिएकाले पनि भन्सार छली रोक्नका नियमित रूपमा गस्ती, सीमा क्षेत्रमा जाँच र तालिमप्राप्त कुकुरको प्रयोग गर्दै आइरहेको छ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण हेड क्वाटर पर्साका गणपति राधेश्याम धिमालले चालु आर्थिक वर्षको चार महिनाको अवधिमा सशस्त्र प्रहरीले पर्सा जिल्लामा भन्सार छली गरेर भित्र्याएका रु १५ करोड १८ लाख मूल्य पर्ने वस्तु तथा सामान नियन्त्रणमा लिएको जानकारी दिए । “सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरीले सक्रियता बढाएसँगै अवैध चोरी…
काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० अन्तर्गत आज दुई खेल हुँदैछन् । आजको पहिलो खेलमा काठमाडौँ गुर्खाज र चितवन राइनोज आमने सामने हुने छन् । यो खेल बिहान ९, १५ बजे सुरु हुनेछ । यी दुवै टोली बागमती प्रदेशअन्तर्गतकै टोली हुन् । काठमाडौँ स्पोर्ट्स डेभलपमेन्ट भेन्चरको स्वामित्वमा रहेको काठमाडौँ गुर्खाजको मार्की खेलाडीमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसी छन् । उनीसँग विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूको राम्रो अनुभव छ । काठमाडौँ गुर्खाजमा करणसँगै राष्ट्रिय टोलीबाट खेलिसकेका भीम सार्की र साहब आलम छन् । यस्तै यु–१९ बाट खेलेका दीपेश कँडेल तथा अन्य खेलाडीमा रासिद खान, कृष्ण कार्की, सुमित महर्जन, शङ्कर…
काठमाडौं । छैटौँ एसियन पपुलेसन एशोसिएसन ९एपीए० सम्मेलन २०८१ को मंसिर १२ देखि १५ ( नोभेम्बर २७ देखि ३० सम्म) काठमाडौंमा सम्पन्न भएको छ । यस सम्मेलनमा एशियाका २८ भन्दा बढी देशका विज्ञ, नीति निर्माता, र अनुसन्धानकर्ताहरू सहभागी भए । त्रिभुवन विश्वविद्यालयको जनसंख्या अध्ययन केन्द्रीय विभागद्वारा आयोजित यो सम्मेलनले अनुसन्धान प्रस्तुत गर्न, सहकार्यलाई प्रवर्द्धन गर्न, र जनसांख्यिकीय समस्याहरूको दिगो समाधान खोज्नका लागि गतिशील मञ्चको रूपमा काम गर्यो । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रम उद्घाटन गर्दै, जनसंख्या अध्ययनले वृद्धावस्था, आप्रवासन र स्वास्थ्य सेवाजस्ता विश्वव्यापी चुनौतीहरू समाधान गर्नको महत्त्वलाई उजागर गरे । उनले विश्व जनसंख्या ८ अर्ब नाघेको र १० प्रतिशत मानिस…
काठमाण्डौं । स्थानीय तह उपनिर्वाचनअन्तर्गत हालसम्म ३३ स्थानको परिणाम सार्वजनिक भएको छ। नेपाली कांग्रेसले अहिलेसम्म १५ वडामा जित हासिल गरेको छ भने नेकपा (एमाले )ले एक गाउँपालिका अध्यक्ष, एक गाउँपालिका उपाध्यक्षसहित ५ वटा वडामा जितेको छ। नेकपा (माओवादी केन्द्र )ले पाँच वटा वडा जित्दा जनता समाजवादी पार्टी नेपालले मधेस प्रदेशका दुई ठाउँका वडाध्यक्ष जितेको छ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) , एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी, स्वतन्त्रले समान एक—एक स्थानमा जित हासिल गरेका छन्। कांग्रेसले जितेका स्थानहरू नेपाली कांग्रेसले तेह्रथुमको लालीगुराँस नगरपालिका—८ मा जित हात पारेको छ। त्यहाँ कांग्रेसका उम्मेदवार नगेन्द्र लिम्बूले ४ सय ४० मत ल्याए। उनका प्रतिस्पर्धी एमालेका बुद्धबहादुर…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रबन्ध निर्देशक: बिजय प्रकाश मिश्र
प्रधान सम्पादक: जनक राज पण्डित
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क