Author: ट्रान्सपेरेन्टखबर
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्था पुनस्स्थापनाका लागि गर्ने आन्दोलनलाई संयुक्त जनआन्दोलन समितिले समर्थन जनाएको छ । समितिका कार्यवाहक संयोजक जगमान गुरुङले एक विज्ञप्ति जारी गर्दै राप्रपाको आन्दोमा सक्रिय सहभागी हुन अपिल समेत गरेका छन् । राप्रपाले ‘अवस्था बदल्न व्यवस्था बदलौं’ भन्ने मूल नाराका साथ २६ गते काठमाडौंको भृकुटीमण्डमा थनप्रदर्शन तथा आमसभा गर्दैछ । उक्त कार्यक्रमलाई समितिले अपनत्व प्रस्तुत गरेको हो । विज्ञप्तिमा गुरुङले राप्रपाको कार्यक्रममा राष्ट्रिय झण्डासहित शान्तिपूर्णरुपमा सक्रिय सहभागिता जनाउन सबै राष्ट्रवादी देशभक्त नागरिकहरूमा आह्वान गरेका छन् ।
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रामनवमी पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइ हरूमा सुख, शान्ति एवं समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् । हरेक वर्ष चैत महिनाको शुक्ल पक्षको नवमी तिथिका दिन मर्यादा पुरुषोत्तम भगवान् श्रीरामचन्द्रको जन्मदिनको रुपमा ‘राम नवमी’ पर्व धुमधामका साथ मनाउने परम्परा रहिआएको छ । यस दिन भगवान् श्रीरामको विशेष पूजा अर्चना, व्रत अनुष्ठान र जप ध्यान गर्नाले भगवत् कृपा प्राप्त भई आफूले चिताएको सम्पूर्ण कार्य पूरा हुने जनविश्वास रहेको राष्ट्रपति पौडेलले जारी गरेको शुभकामना सन्देशमा उल्लेख छ । उनले शताब्दीयौँदेखि प्रचलनमा रहेका यस्ता मौलिक पर्वले प्राचीन सभ्यताका साथै धर्म र संस्कृतिको…
काठमाण्डौं । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प र डोज ९डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसियन्सी० प्रमुख इलन मस्कविरूद्ध प्रदर्शन भएको छ। शनिबार अमेरिकाको ५० वटै राज्यमा ट्रम्प र मस्कविरूद्ध त्यहाँका नागरिकहरू सडकमा निस्किएर प्रदर्शन गरेका हुन्।सिएनएनका अनुसार शनिबार अमेरिकाका १ हजार ४ सय स्थानमा ट्रम्प र मस्कविरूद्ध प्रदर्शन भएको थियो। ट्रम्पले दोस्रो कार्यकालका लागि जिम्मेवारी सम्हालेको तीन महिना नहुँदै अमेरिकामा उनीविरूद्ध नागरिकहरू सडकमा निस्किएका हुन्।यद्यपि उनको कार्यशैली र निर्णयका विषयमा सुरूवातदेखि नै चर्को आलोचना भए पनि प्रदर्शन नै भएको पहिलो पटक हो। ट्रम्पले लिएको आप्रवासी नीति, संघीय सहायता कटौती, छिमेकी मुलुक र अन्य राष्ट्रहरूसँगको व्यवहारलाई लिएर अमेरिकाभित्रै ट्रम्प विरोधी आवाज बढ्न थालेको छ।…
काठमाडौँ । नेपाल शिक्षक महासंघले शिक्षकहरुको जारी आन्दोलनलाई अझ सशक्त बनाउन सोमबारदेखि शैक्षिक हडतालको घोषणा गरेको छ । अब देशभरका सबै विद्यालय बन्द गरी शिक्षक–कर्मचारीलाई काठमाडौंको शैक्षिक सडक आन्दोलनमा अनिवार्य सहभागी हुन महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आग्रह गरेका हुन् । यसका साथै त्यस अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन महासंघले सबै शिक्षकहरुलाई आग्रह गरेको छ । यो अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन सबै साथीहरुमा जोडदार आग्रह गर्दछौं, महासंघले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, यो आन्दोलनप्रति ऐक्यवद्धता…
काठमाडौं । काठमाडौं उपत्यकामा एक सातादेखि वायु प्रदूषणको अवस्था अति अस्वस्थकर रहँदै आएको छ । आइक्यू एअरले आइतबार बिहान गरेको मापनअनुसार काठमाडौं उपत्यका विश्वको दोस्रो प्रदूषित शहरमा रहेको छ । अहिले काठमाडौं उपत्यकाको ‘एयर क्वालिटी इन्डेक्स’ ( एक्यूआई ) अर्थात् औसत वायु गुणस्तर सूचक २११ रहेको छ । वायुको गुणस्तर सूचकांक अनुसार यसलाई निकै अस्वस्थकर मानिन्छ । वायु प्रदूषणमा भारतको दिल्ली पहिलो स्थानमा छ । जहाँ एक्यूआई २९० छ । यस्तै, तेस्रो स्थानमा रहेको पाकिस्तानको लाहोरको १९९ एक्यूआई छ । लामो समयदेखि पानी नपर्नु र नेपालका विभिन्न जङ्गलमा लागेको डढेलो र धुवाँका कारण काठमाडौंको आकाशमा धुलो थुप्रिएकाले वायु प्रदूषण उच्च…
फुङलिङ । करिब चार महिनापछि ताप्लेजुङमा हवाई उडान सुरु भएको छ । गत मङ्सिर २८ गतेदेखि बन्द रहेको ताप्लेजुङको सुकेटार विमानस्थलमा आइतबारबाट हवाइ उडान सुरु भएको हो । नेपाल वायु सेवा निगमको जहाजले आजबाट काठमाडौं–ताप्लेजुङ–काठमाडौं उडान सुरु गरेको छ । शुक्रबार तालिका तय भए पनि प्राविधिक समस्याका कारण आइतबारका लागि उडान सारिएको थियो । काठमाडौंबाट पाँच जना यात्रु लिएर आएको नेपाल वायु सेवा निगम ताप्लेजुङका कर्मचारी कुमार गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार ताप्लेजुङबाट पुरुष चार र महिला दुई जना गरी ६ जना काठमाडौं प्रस्थान गरेका छन् । गत चैत १६ गते शनिबारदेखि उडान गर्ने तालिका अनुसार जहाज आए पनि…
काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदै छ । त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका रूपमा श्री रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो । विष्णुको सातौँ अवतार मानिने उनको जन्म हुँदा पुनर्वसु नक्षत्र थियो । कुण्डलीमा चन्द्रमाका साथ वृहस्पति रहेको कर्कट लग्नको योग परेको थियो । भगवान् रामचन्द्रको कुण्डलीमा पाँचग्रह सूर्य, मङ्गल, गुरु, शुक्र र शनि एकसाथ हुने दुर्लभ योग परेको थियो । वर्षका चार नवरात्रमध्येको वासन्तीय नवरात्रका नवमीका दिन जन्मिएका रामचन्द्रले राक्षसी प्रवृत्तिको अन्त्य गरी रामराज्य स्थापना गरेका थिए । धर्मशास्त्रविद् एवं नेपाल…
काठमाडौं । रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सर्वोच्च अदालत जाने तयारी थालेको छ । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा रूपन्देही जिल्ला अदालतबाट एक करोड धरौटीमा रिहा भएका लामिछानेलाई हिजो उच्च अदालतले उक्त आदेश बदर गर्दै थुनामा पठाएको हो । अदालतको आदेशसँगै लामिछानेलाई काठमाडौंबाट पक्राउ गरी बुटवल पठाइएको छ । रास्वपा उपसभापति डा.स्वर्णिम वाग्लेले लामिछानेकै सल्लाहबमोजिम सर्वोच्च जाने तयारी भइरहेको बताए । लामिछानेमाथि राज्यले प्रतिशोधपूर्ण व्यवहार गरेको पनि उनको दाबी छ । चितवनमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘रविजीकै सल्लाहबमोजिम अघि बढ्छौँ। पर्सि सोमबार अहिलेको यो गैरकानुनी प्रतिशोधपूर्ण देखिने…
रुपन्देही । जनता समाजवादी पार्टी ९जसपा० नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालमा राजनीतिक अस्थिरताको कारक कांग्रेस(कम्युनिष्ट भएको आरोप लगाएका छन् । उनले राजनीतिक अस्थिरताकै कारण मजबुत सरकार बन्न नसकेको बताए । पार्टी निकट समाजवादी विद्यार्थी युनियन नेपालको प्रथम राष्ट्रिय महाधिवेशनलाई शनिबार रुपन्देहीको भैरहवामा सम्बोधन गर्दै अध्यक्ष यादवले मजबुत सरकार बनाउँछौं भनेर कांग्रेस(कम्युनिष्ट मिले पनि यो सरकार असफल भएको दाबी गरे । उनले संविधान जारी भएपछि मुलुकमा ९ वर्षमा १३ वटा सरकार बनेर अस्थिरता बढेको बताए । अध्यक्ष यादवले नेपालको वर्तमान सरकार गठनअघि भ्रष्टाचार नियन्त्रण गर्ने र सुशासन दिने भने पनि नेपालको इतिहासमा सबैभन्दा धेरै भ्रष्टाचार, कुशासन र लुटतन्त्र अहिले भइरहेको दाबी…
झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चुनावबाट जनमत सावित गरेर चाहे जस्तो व्यवस्था ल्याउन पूर्वराजालाई चुनौती दिएका छन् । झापाको मेचीनगर धुलाबारीमा पार्टीले आयोजना गरेको क्षेत्रीय प्रशिक्षण कार्यक्रममा आज उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफूसँग जनता छन् भन्ने लागेको भए २०८४ सालको चुनावमा ‘श्रीपेच चुनाव चिह्न’ लिएर दुई तिहाइ जनमत ल्याएर व्यवस्था बदल्न चुनौती दिए । महामन्त्री शर्माले भने, ‘चौरासी सालमा चुनाव हुँदैछ । यदि तपाईंलाई आफूसँग जनता छन् भन्ने लागेको छ भने श्रीपेच चुनाव चिह्नमा मत माग्नुहोस् । दुई तिहाइ ल्याएर जनता आफूसँग भएको देखाउनुहोस्, अनि संविधान संशोधन गरेर चाहेको व्यवस्था गर्नुस्, तर त्यसबाहेकका उपायद्वारा देशलाई अराजकतातिर लिने प्रयास…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रबन्ध निर्देशक: बिजय प्रकाश मिश्र
प्रधान सम्पादक: जनक राज पण्डित
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क