Author: ट्रान्सपेरेन्टखबर
बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार विद्यालय शिक्षा ऐन चाँडै ल्याउन तत्पर रहेकाले शिक्षकहरू आन्दोलनमा बसिरहनु नपर्ने बताएका छन् । नेकपा ( एमाले ) रुपन्देही जिल्ला कमिटीले शुक्रबार बुटवलमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकार सबै क्षेत्र र समुदायका समस्या र आवाजलाई सुुन्ने खालको भएकाले आन्दोलतमा रहिरहन नपर्ने बताए । समस्याहरु छन् तर सडकमा गइरहनुुपर्ने थिएन । म शिक्षकहरुलाई शिक्षा ऐन चाँडै आउँछ भन्न चाहान्छुु । तपाईँहरुले आफ्ना समस्या मात्रै राष्ट्रको हित र आर्थिक अवस्थालाई पनि हेरेर विचार गर्नुपर्ने हुन्छ,’’ प्रधानमन्त्री ओलीको भनाइ थियो । अर्को प्रसङ्गमा प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालयका उपकुुलपतिले अन्य माध्यमबाट पठाएको राजीनामा…
काठमाडौं । काठमाडौं जिल्ला अदालतले चैत १५ मा तीनकुनेमा भएको हिंसात्मक राजावादी प्रदर्शनका मुख्य संयोजक दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। भारतको आसामबाट पक्राउ परेका प्रसाईंलाई शुक्रबार नेपाल प्रहरीले काठमाडौं ल्याएर अदालतमा पेस गरेको थियो। न्यायाधीश शिशिरराज ढकालको इजलासले प्रसाईंको स्वास्थ्यलाई ध्यानमा राख्दै उपचारको व्यवस्था गर्न निर्देशन दिएको छ। अदालतले उनका अंगरक्षक दीपक खड्कालाई १२ दिन हिरासतमा राख्न अनुमति दिएको छ। तीनकुने घटनाका मुख्य कमाण्डर दुर्गा प्रसाईंलाई १२ दिन हिरासत राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो…
काठमाण्डौं । चैत्र १५ गते तीनकुनेमा भएको राजावादी प्रदर्शनमा मारिएका पत्रकार सुरेश रजकको हत्याबारे निष्पक्ष र स्वतन्त्र छानबिनको माग गर्दै नेपाल पत्रकार महासंघले मानवअधिकार आयोगको ध्यानाकर्षण गरेको छ। महासंघका उपाध्यक्ष उमिद बागचन्दको नेतृत्वमा गएको टोलीले शुक्रवार आयोगका अध्यक्ष टोपबहादुर मगरलाई ज्ञापन पत्र बुझाउँदै छानबिनका लागि ध्यानाकर्षण गराएको हो। ज्ञापन पत्र बुझाउँदा महासंघका महासचिव रामप्रसाद दाहालले उक्त ज्ञापन पत्रमा हिंसात्मक घटनामा पत्रकार रजकलाई ज्युँदै जलाएर हत्या गरेको पाइएको बताउँदै निष्पक्ष र स्वतन्त्र छानबिन आवश्यक रहेको बताए। घटनाका दोषीमाथि कारबाही सुनिश्चित गरिदिन पनि आयोगसँग दाहालले आग्रह गरे। महासंघका उपाध्यक्ष बागचन्दले तीनकुनेको हिंसात्मक घटनाबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि आक्रमण भएकोबारे पनि सत्य तथ्य…
काठमाडौं । भारतको आसाममा पक्राउ परी शुक्रवार बिहान मात्रै झापाको काकडभिट्टा ल्याई पुर्याइएका मेडीकल ब्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइएको छ । झापाको भद्रपुरबाट प्रहरीले नियन्त्रणमा लिएर व्यवसायी प्रसाईलाई बुद्ध एअरको बिमानमार्फत काठमाण्डौ ल्याईएको हो । प्रसाईलाई बिमान चढाउन्जेलसम्म उनको हातमा हतकडी लगाईएको थियो भने बिमानमा बसाल्दा भने हतकडी खोलिएको थियो । काठमाण्डौ उतारीएका उनलाई लिन विमानस्थलमा नेपाल प्रहरीका तीनवटा गाडी भित्रै गएका थिए । त्यसमध्ये डीएसपीको गाडीले सञ्चारकर्मीको आँखा छल्दै वैकल्पिक बाटोबाट उनलाई बाहिर निकालेको छ । अहिले उनलाई प्रहरी परिसर काठमाडौं पुर्याइएको छ । तीनकुनेमा गत १५ गते अराजकता मच्चाउने समूहका जनकमाण्डर प्रसाईंमाथि अनुसन्धानका लागि आजै म्याद थप गर्ने…
काठमाडौं । पूर्व अर्थसचिव रामेश्वर खनाल नेतृत्वको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई प्रतिवेदन बुझाएको छ । सो प्रतिवेदनमा सार्वजनिक संस्थानहरु जनकपुर चुरोट कारखाना, बुटवल धागो कारखाना, नेपाल ईन्जिनियरिङ कन्सलटेन्सी सेवा केन्द्र, नेशनल कन्स्ट्रक्शन कम्पनी नेपाल र नेपाल ओरियन्ड म्याग्नेसाइट प्रा।ली। सञ्चालनमा आउन नसक्ने हो भने खारेज गरी तिनीहरुको नाममा रहेको अचल सम्पत्ति सरकारको नाममा ल्याई व्यवस्थापन गर्ने सुझाव दिएको छ । ती संस्थानहरुको अचल सम्पत्तिहरु अन्य उत्पादनशील प्रयोगमा ल्याउनुपर्ने पनि आयोगको सुझाव छ । यस्तै, सार्वजनिक संस्थानहरु सबैको लेखा परीक्षण समयमा सम्पन्न गरी सार्वजनिक गर्नुपर्ने पनि आयोगको सुझाव छ । हेटौंडा सिमेन्ट उद्योग र उदयपुर सिमेन्ट…
काठमाडौं । राजावादी आन्दोलनका जनकमाण्डर दुर्गा प्रसाईंलाई भारतको आसाम राज्यबाट पक्राउ गरी नेपाल ल्याइएको छ । उनलाई काँकडभिट्टा नाकाबाट झापा ल्याइएको हो । उनलाई मेची पुल क्षेत्रबाट विशेष सुरक्षा व्यवस्थासहित नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्कर्टिङ गरेका थिए । प्रसाईंलाई शुक्रबार नै विमानमार्फत झापाबाट काठमाडौं ल्याइने तयारी गरिएको छ । प्रसाईँलाई आजै ११ः३० बजे बुद्ध एयरको विमानमार्फत काठमाडौं ल्याइँदै छ । उनीसँगै उनका बडीगार्ड दिपक खड्का पनि पक्राउ परेको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यले बताए । उनलाई पनि काठमाडौं ल्याउने तयारी छ । पक्राउको नेतृत्व नेपाल प्रहरीको विशेष ब्यूरो र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गरेको हो ।…
काठमाडौं । सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियर्स नेपालको आयोजनामा आजदेखि यहाँ तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन–२०२५ आयोजना हुने भएको छ । सम्मेलन आगामी चैत २९ देखि ३१ गतेसम्म चल्ने छ । सम्मेलन सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियर्स नेपालको आयोजना, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सहरी विकास मन्त्रालयको सह आयोजना रहेको छ । सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियरर्स नेपालका अध्यक्ष डा. हरेराम श्रेष्ठले यातायात सुरक्षालाई प्राथमिकतामा राख्दै दिगो र सुरक्षित यातायातको नीति निर्माण तर्जुको पक्षपोषण गर्नु सम्मेलनको उद्देश्य रहेको जानकारी दिए । यातायातका विज्ञ, नीति निर्माता, प्रविधि, नवप्रवर्तनकर्ता र सरोकारवाला निकायबीच सहकार्यको माध्यमबाट प्रभावकारी समाधानको उपाय पहिचान गर्दै समग्र यातायातको सुधार, भविष्यमा अपनाउनुपर्ने रणनीतिबारे…
काठमाण्डौं । प्रतिनिधिसभाको रूपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद दीपक बोहराको निधनपछि संसद्ले स्थान रिक्तताको सूचना निकालेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) तर्फबाट निर्वाचित बोहराको यही चैत १९ गते निधन भएको थियो । बिहीबार संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेले सूचना जारी गर्दै स्थान रिक्तताको जानकारी दिएका हुन् । ‘नेपालको संविधानको धारा ८९ को खण्ड ( च ) बमोजिम प्रतिनिधिसभा सदस्यको एक स्थान रिक्त हुन आएकोले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २१५ को उपनियम ९२० बमोजिम यो सूचना प्रकाशित गरिएको छ’, सूचनामा भनिएको छ ।
काठमाडौं । भारतमा पक्राउ परेका तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाईंलाई विमानबाट काठमाडौँ ल्याइने भएको छ। दुर्गाका दाइ लक्ष्मी प्रसाईंले उनलाई केही बेरमा काँकडभिट्टा नाकाको मेची पुल ल्याइपुर्याइने जानकारी दिए । त्यसका लागि दुर्गाका आफन्त र शुभेच्छुक आज बिहानै मेची पुलमा पुगिसकेका छन्। त्यसपछि दुर्गालाई झापास्थित भद्रपुर विमानस्थलबाट काठमाडौँ ल्याउने तयारी रहेको बुझिएको छ । चैत १५ गते काठमाडौँको तीनकुनेमा राजावादी गरेको हिंसात्मक प्रदर्शनमा दुई जना मारिएपछि फरार दुर्गा प्रसाईं बिहीबार भारतको आसाम राज्यमा पक्राउ परेका हुन्। प्रसाईं भारततिर भागेको सूचना पाएपछि प्रहरीले विभिन्न माध्यमबाट ‘लोकेसन’ पत्ता लगाएको थियो। फरार भएयता उनले दुईवटा भिडिओ सन्देश सामाजिक सञ्जालमा अपलोड गरेका थिए।…
काठमाडौं । काठमाडौंमा हिंसा मच्चाएर फरार राजावादी आन्दोलनका कमान्डर दुर्गा प्रसाईं भारतीय प्रहरीको नियन्त्रणमा रहेको दाबी गरिएको छ। एक सातादेखि भारतको आसाममा तन्ना र चटपटे बेच्दै प्रसाईंको खोजी गरिरहेका नेपाली सुरक्षाकर्मीले फेला पारेपछि भारतीय प्रहरीले उनलाई बिहीबार आसामबाट नियन्त्रणमा लिएको दाबी गरिएको हो। भारतीय प्रहरीले नेपाल–भारत सीमामा ल्याएर छाडेपछि नेपाल प्रहरीले उनलाई पक्राउ गर्ने बताइएको छ। तर नेपाल प्रहरीले भने प्रसाईं पक्राउ नपरेको बताएको छ । प्रहरी प्रधान कार्यालयले बिहीबार राति एक विज्ञप्ति जारी गरेर ‘दुर्गा प्रसाईं पक्राउ’ भन्ने शीर्षकमा विभिन्न समाचारहरू प्रकाशन भएको सन्दर्भमा गम्भीर ध्यानाकर्षण भएको बताउँदै भनेको छ, ‘विभिन्न आपराधिक घटनामा संलग्न रही फरार दुर्गा प्रसाईं नेपाल…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रबन्ध निर्देशक: बिजय प्रकाश मिश्र
प्रधान सम्पादक: जनक राज पण्डित
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क