Author: ट्रान्सपेरेन्टखबर

काठमाण्डौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा भुवनसिंह गुरुङ निर्वाचित भएका छन् । शुक्रबार भएको संघको नयाँ कार्यसमितिको निर्वाचनमा अध्यक्षका प्रत्याशी नरेश गेलाललाई पराजित गर्दै गुरुङ निर्वाचित भएका हुन् । यस्तै प्रथम उपाध्यक्षमा सुजित कुमार श्रेष्ठ, द्वितीय उपाध्यक्षमा देव कुमार खोखाली, तृतीय उपाध्यक्षमा वैकुण्ठ प्रसाद पौडेल र महासचिवमा महेश कुमार बस्नेत निर्वाचित भएको निर्वाचन अधिकृत भवानी प्रसाद निरौलाले जानकारी दिए । यसैगरी सचिवमा कुन्छा दोर्जे डिमडुङ, कोषाध्यक्षमा धनयामा सिंजाली, सदस्यहरूमा रेखा शर्मा, भरत सापकोटा, कृष्ण ढकाल, रामकाजी तामाङ, सुवर्ण लामा, हिमा गुरुङ, रमा खड्का, देवी प्रसाद गिरी, सुमन राज पाण्डे र विद्या लक्ष्मी बज्राचार्य निर्वाचित भएको निरौलाले जानकारी दिए…

Read More

नवलपरासी । नवलपरासी ( बर्दघाट सुस्ता पूर्व )  नवलपुरको मध्यवर्ती वन क्षेत्रबाट आउने वन्यजन्तुले बालीनालीमा क्षति पुर्‍याउन थालेपछि यहाँका किसान माछापालनतर्फ लागेका छन्। कावासोती नगरपालिका–७, साँढका सडककुमार चौधरीले पहिले धान खेती गर्ने आफ्नो जमिनमा पोखरी खनेर माछापालन सुरु गरेको बताए। धानलगायतका बाली राम्रो भए पनि भित्र्याउने बेला वन्यजन्तुले नष्ट गर्न थालेपछि टोलका सबैले सल्लाह गरेर पोखरी खनेर माछापालन थालेको उनले जानकारी दिए। ‘पहिला धान राम्रै फल्थ्यो, जनावरले खाएर सखाप पार्न थालेपछि पोखरी खनेर माछा पाल्न थालेका हौँ,’ चौधरीले भने। पोखरी खन्न मध्यवर्ती सामुदायिक वनले पनि सहयोग गरेको छ। माछापालनबाट राम्रो आम्दानी भइरहेको उनले बताए। रामनगर, साँढ र गैरी टोलका प्रायः…

Read More

पोखरा । होटल सङ्घ पोखराले आजदेखि पोखरामा फेवा महोत्सव सञ्चालन गरेको छ। महोत्सव आगामी वैशाख १ गतेसम्म चल्ने छ।पोखरामा आयोजना गर्न लागेको २०औं फेवा नव वर्ष महोत्सव–२०८२ मा यहाँ आउने पर्यटकका लागि लक्षित गरी होटलले आफ्नो दररेटमा २० प्रतिशत छुट गर्ने भएका छन्। आयोजक सङ्घले शुक्रबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी उक्त जानकारी दिएको हो। सङ्घका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले महोत्सवमा यसपटक भक्तपुरको विस्केट जात्रा विशेष आकर्षणको रूपमा रहने जानकारी दिए। महोत्सवमा गण्डकी प्रदेशका ११ जिल्लाका मौलिक संस्कृतिको प्रस्तुति रहने उनले बताए। बाजा, भजन र रत्यौलीका कार्यक्रम पनि महोत्सवमा समेटिने जनाइएको छ। पोखराको खहरेचोकदेखि ड्यामसाइड वीचको तीन किलोमिटर…

Read More

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ मा अवस्थित ऐतिहासिक तथा धार्मिक स्थल बालाजु बाइसधारामा आजदेखि बाइसधारा मेला सुरु भएको छ। नयाँ वर्ष २०८२ को अवसर पारेर प्रत्येक वर्ष आयोजना गरिने यो मेला हिन्दु र बौद्ध धर्मावलम्बीहरूको साझा आस्थाको केन्द्र बनेको छ। मेलाको पहिलो दिन शनिवार बिहानैदेखि स्नान गर्न र पूजा अर्चनाका लागि भक्तजनहरूको भीड लागेको छ। २२ धाराबाट लगातार बगिरहेको शुद्ध पानीमा स्नान गरेमा शारीरिक र मानसिक शुद्धि हुने विश्वास रही आएको छ। विशेषतः चैत शुक्ल पूर्णिमाका दिन यहाँ स्नान गरेमा पुण्य प्राप्त हुने धार्मिक मान्यता छ। बालाजु बाइसधारा धार्मिक महत्वका साथै सांस्कृतिक र पर्यटकीय हिसाबले पनि महत्त्वपूर्ण स्थल हो। यस मन्दिर…

Read More

तनहुँ । जिल्लाको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट अहिले ३० मेगावाट मात्रै विद्युत् उत्पादन हुने गरेको छ । ६९ मेगावाट क्षमताको यस केन्दबाट हाल ३० मेगावाट अर्थात् ४० प्रतिशत मात्रै विद्युत् उत्पादन भएको हो । लामो समयदेखि सुख्यायाम हुँदा नदीमा पानीको बहाव कमि भएकाले उत्पादन ह्वात्तै घटेको केन्द्रका प्रमुख इञ्जीनीयर पशुपति गौतमले बताए । गौतमले भने, “यस वर्षको हिउँदमा पानी परेन्, लामो खटेरीले गर्दा विद्युत् उत्पादन घटेर ४० प्रतिशत झरेको छ ।” हाल ४० मेगावाट विद्युत् उत्पादन हुनुपर्नेमा लामो खडेरी गर्दा ३१ मेगावाट पुगेको गौतमले जानकारी दिनुभयो । केन्द्रमा २३ र २३ मेगावाटका तीनवटा टर्बाइन रहेका छन् । यो…

Read More

काठमाडौँ । यस वर्षको ‘प्री मनसुन’ सक्रिय भएको छ । दुई दिनअघिदेखि देशका विभिन्न भूभागमा वर्षा गराउने गरी जलवाष्पयुक्त बादल नेपाल भित्रिएसँगै नेपालमा प्री मनसुन सक्रिय भएको हो । अबको साताभरि नै कहिले पूर्वी र कहिले पश्चिमी भूगोलमा हल्का वर्षासँगै बदली कायम राख्ने गरी प्री मनसुन सक्रिय भएको वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले बताईन् । शनिबारसम्म एउटा प्रणालीको असर देशका विभिन्न भूभागमा रहने छ भने त्यसपछि फेरि अर्को वर्षा गराउने प्रणाली सक्रिय हुने देखिएको उनले जानकारी दिईन् । मानन्धरले भनिन “बङ्गालको खाडी र अरेबियन सागर दुवैतिरबाट न्यूनचापीय प्रणाली नेपालतर आइरहेकाले अबका दिनमा बिहान हल्का घाम लागे पनि दिउँसोदेखि बदली हुँदै साँझपख…

Read More

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले उत्तरपुस्तिका परीक्षण तथा परीक्षा सञ्चालन नसघाउन आन्दोलनरत शिक्षकहरूलाई अपिल गरेको छ । आफ्ना माग पूरा गराउन सरकारलाई दबाब दिने उद्देश्यले देशभरका शिक्षकहरू आन्दोलन गरिरहेका छन् । २० चैतदेखि काठमाडौंकेन्द्रित प्रदर्शन गरिरहेका शिक्षकहरूले सरकारले माग पूरा नगरे एसईई परीक्षाको उत्तरपुस्तिका जाँच नगर्ने जनाएका छन् । यसबाट परीक्षा दिएर बसेका लाखौं विद्यार्थी प्रभावित हुने भन्दै राष्ट्रिय परीक्षा बोर्डले शिक्षकहरूलाई उत्तरपुस्तिका परीक्षणमा सघाउन आग्रह गरेको हो । बोर्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उत्तरपुस्तिका परीक्षण तथा परीक्षा संचालन व्यवस्थापनमा शिक्षकहरूकै अहम् भूमिका रहन्छ । परीक्षाको उत्तरपुस्तिका परीक्षणमा हुने ढिलाइले विद्यार्थीले नतिजा प्राप्ति पछि पाउने अवसरमा प्रत्यक्ष असर पार्ने…

Read More

काठमाडौं । शिक्षक महासंघको आह्वानमा भइरहेको काठमाण्डौ केन्द्रित आन्दोलनप्रति समर्थन जनाउँदै समाजवादी मोर्चा, नेपालले एक प्रेस वक्तव्य जारी गरेको छ । मोर्चाले सर्वदलीय सहमतिमा संसदको विशेष अधिवेशन आह्वान गर्न सरकारसँग माग गरेको छ। प्रेस वक्तव्यमा मोर्चाले शिक्षकहरूको न्यायोचित मागप्रति ऐक्यबद्धता जनाउँदै शिक्षा क्षेत्रको गुणस्तरीय सुधार तथा शिक्षकहरूको हक–अधिकारको पक्षमा उठेका आवाजलाई सकारात्मक रूपमा लिएको जनाएको छ। मोर्चाले शिक्षकका उठान गरिएका मागहरू पुरा गर्न, शिक्षा प्रणालीमा सुधार गर्न र संविधानद्वारा प्रत्याभूत शिक्षाको हक सुनिश्चित गर्न सरकारसँग जोडदार अपिल गरेको छ। साथै, शिक्षामा समान पहुँच र गुणस्तर सुनिश्चित गर्न दीर्घकालीन योजना आवश्यक रहेको उल्लेख गर्दै त्यसको लागि संसदको विशेष अधिवेशन सर्वदलीय सहमतिमा…

Read More

काठमाण्डौं । कानून, न्याय तथा मानव अधिकार समितिले तीनकुने घटनाबारे छानविन समिति गठन गरी दोषीमाथि कानूनी कारबाही गर्न नेपाल सरकारलाई निर्देशन दिएको छ । शुक्रबार सिंहदरबारमा बसेको समिति बैठकले सरकारलाई निर्देशन दिने निर्णय गरेको हो । सभापति बिमला सुवेदीले उक्त घटनामा मानव अधिकारको गम्भीर उल्लंघन भएको बताइन् । उनले घटनामा शान्ति सुरक्षा कायम गर्ने सरकारको दायित्वमा कमजोरी देखिएको बताइन् । उनले आगामी दिनमा राज्यले यस्ता घटना दोहोरिन नदिन समितिले सचेत गराएको बताइन् । उनले सुरक्षा चुनौतीको विश्लेषणका आधारमा शान्ति सुरक्षा व्यवस्थाको प्रवन्ध मिलाउनु पर्ने बताइन् । उनले उक्त घटनामा मृतकका परिवारलाई क्षतिपूर्र्ति तथा घाइतेको उपचारको व्यवस्थालाई थप प्रभाकारी बनाउन सरकारलाई…

Read More

बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार विद्यालय शिक्षा ऐन चाँडै ल्याउन तत्पर रहेकाले शिक्षकहरू आन्दोलनमा बसिरहनु नपर्ने बताएका छन् । नेकपा ( एमाले )  रुपन्देही जिल्ला कमिटीले शुक्रबार बुटवलमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकार सबै क्षेत्र र समुदायका समस्या र आवाजलाई सुुन्ने खालको भएकाले आन्दोलतमा रहिरहन नपर्ने बताए । समस्याहरु छन् तर सडकमा गइरहनुुपर्ने थिएन । म शिक्षकहरुलाई शिक्षा ऐन चाँडै आउँछ भन्न चाहान्छुु । तपाईँहरुले आफ्ना समस्या मात्रै राष्ट्रको हित र आर्थिक अवस्थालाई पनि हेरेर विचार गर्नुपर्ने हुन्छ,’’ प्रधानमन्त्री ओलीको भनाइ थियो । अर्को प्रसङ्गमा प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालयका उपकुुलपतिले अन्य माध्यमबाट पठाएको राजीनामा…

Read More