Author: ट्रान्सपेरेन्टखबर

काठमाडौं । काठमाडौंको उत्तरी क्षेत्र टोखामा लाग्ने सपनतीर्थ मेला सुरु भएको छ। टोखा नगरपालिका–२ मा रहेको सपनतीर्थ मन्दिरमा पूजा गर्ने तथा कुण्डमा स्नान गर्ने भक्तजनको आज बिहानदेखि घुइँचो लागेको हो। प्रत्येक वर्षको वैशाख १ गते लाग्ने सपनतीर्थ मेलामा काठमाडौं उपत्यकाभित्र र उपत्यकाबाहिरका दर्शनार्थीको भीड लागेको छ। आज एक दिन मात्र लाग्ने मेलामा बिहानदेखि हजारौँ भक्तजनले मेला भरेको टोखा वडा नं २ का अध्यक्ष धर्मेन्द्र श्रेष्ठले जानकारी दिए। मेला भर्न आएका भक्तजनले मन्दिरमा पूजा गर्ने, स्नान गर्ने, भाकल गर्नेसमेत गरेका छन्। सपनतीर्थ मन्दिरमा पूजापाठ गर्ने तथा स्नान गर्नाले सन्तान प्राप्त हुने र सम्पत्ति प्राप्त हुने धार्मिक विश्वास रहेको छ। सपनामा चिताएको…

Read More

काठमाण्डौं । मनमोहक वातावरणको हरियाली जङ्गलमा मानिसको लर्को लागेको छ । नयाँ वर्षको सूर्योदयसँगै मानिसको भीड शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको प्राकृतिक क्षेत्रमा बढ्दै गएको छ । यही निकुञ्जको बीचमा रहेको राजधानीको सभ्यताको स्रोत वाग्मतीको उद्गमस्थल वाग्द्वारमा प्रत्येक वर्ष वैशाख १ गतेका दिन स्नान मेला लाग्छ । मेला भर्न आज बिहानैदेखि भक्तजनको भीड निकुञ्जतर्फ लागेको हो । कति भक्तजन भने चैत मसान्तमै यहाँ रात बस्ने गरी पुगेका थिए । आइतबार बेलुकी नै पुगेका भक्तजन बिहानै स्नान गरी फर्कंदै गरेको दृश्य देखिन्छ । वैशाख १ गते वाग्द्वार आउने जाने भक्तजनले सुन्दरीजल क्षेत्र मेलामय बनेको छ । बूढानीलकण्ठ क्षेत्रमा पनि यस्तै दृश्य देखिएको…

Read More

काठमाडौँ । आजदेखि सुरु भएको २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा हुने भएको छ । सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरेर ८८ दिन सार्वजनिक बिदा पर्ने जानकारी दिएको हो । राजपत्रमा प्रकाशित सूचनाअनुसार यो वर्ष ५२ वटा शनिवार परेका छन् । ३६ दिन विभिन्न चाडपर्व एवं दिवसका बिदा दिने निर्णय भएको छ । दसैँमा सात दिन र तिहारमा पाँच दिन बिदा दिइएको छ । यी बाहेकका अन्य पर्वहरूको बिदा २८ दिन छ । अन्तर्राष्ट्रिय मजदुर दिवस, गणतन्त्र दिवस, संविधान दिवस, शहीद दिवस, प्रजातन्त्र दिवस र अन्तर्राष्ट्रिय महिला दिवस गरी ६ दिन देशभर सार्वजनिक बिदा दिने निर्णय सरकारको छ । स्थानीय…

Read More

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समृद्ध राष्ट्र निर्माणका लागि एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका छन् । नयाँ वर्ष २०८२ को अवसरमा आज शुभकामना दिँदै उनले देशको समृद्धि र उज्ज्वल भविष्यका लागि दृढतापूर्वक आफ्ना पाइला अघि बढाउन आग्रह गरेका हुन् । “हामी गौरवशाली इतिहास बोकेका सार्वभौम नेपाली हौँ, हामीले न्याय, स्वतन्त्रता र समानताका लागि त्याग, तपस्या र बलिदानका कैयौं कीर्तिमान कायम गरेका छौँ, हाम्रो भविष्य पछाडि फर्केर होइन, अगाडि बढेर मात्र उज्यालो बन्न सक्छ”, शुभकामना सन्देशमा अध्यक्ष दाहालले भनेका छन् । उनले वर्ष २०८२ मा आत्मनिर्भर अर्थतन्त्रको विकासमार्फत रोजगारीको सिर्जनासँगै सुशासनका नयाँ मानक…

Read More

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध र जनतालाई सुखी बनाउने साझा गन्तव्य प्राप्त गर्न सबैमा सकारात्मक सोच, व्यवहार र आत्मबल आवश्यक भएको बताएका छन् । नयाँ वर्ष २०८२ का अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा सबैको जीवनमा सुख, शान्ति, समृद्धि, प्रगति, सफलता र नयाँ उत्साह पैदा गरोस् भन्ने कामना गर्दै अनेकौं कठिनाइका बाबजुद हासिल गरेका उपलब्धिलाई आधार बनाएर हामी उज्यालो भविष्यतर्फ अगाडि बढ्न सफल हुने विश्वास उनले व्यक्त गरेका छन् । “नयाँ वर्षमा हामी नयाँ ऊर्जा नयाँ सङ्कल्प र नयाँ सम्भावनाको खोजी गछौँ । यस वर्षले हामी सबैमा आशा, उत्साह र सकारात्मक सोचको विकास गर्न प्रेरणा भर्ने छ…

Read More

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले समृद्धिको बाटोमा बाधक बनेर देखिने बेथितिको अन्त्य, सुशासन प्रवर्द्धन र सेवा प्रवाहमा चुस्तता पहिलो शर्त भएको बताएका छन् । नव वर्ष २०८२ को सुखद् अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले आजको दिन जनताको यही चाहना पूरा गर्ने सङ्कल्प गर्न उनले आग्रह गरेका छन् । “आजको दिन राष्ट्रको उन्नति र समृद्धिका लागि उत्साहका साथ जुट्न र एउटा साझा संकल्प लिएर अघि बढ्न म सम्वद्ध सबैलाई अपिल गर्दछु”, उनले भनेका छन् । शुभकामना सन्देशमा विक्रम संवत् प्राचीन हिन्दू परम्परा र वैदिक समयाङ्कनमा आधारित शौर्य संवत् रहेको उल्लेख गर्दै उनले इतिहास र सामाजिक जीवनमा लामो समयदेखि स्थापित यो…

Read More

काठमाडौँ । आज विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष माधव भट्टराईले बताए। ुविक्रम ६० संवत्सरमध्ये एक र आदित्य सूर्यसँग सम्बन्धित भएकाले यसलाई विक्रमादित्य संवत् भनिएको हो, सूर्यको गति र स्थिति अनुसार विक्रम संवत् चल्दछ, शक संवत्का विशेषतादेखि इश्वी संवत्का व्यावहारिक गुण यसभित्र समावेश गरिएको छ,ु उनले भने।…

Read More

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले तिनकुनेमा भएको हिंसात्मक घटना घटेको दुई साता पछि मुख खोलेका छन् । नयाँ बर्षको पूर्व सन्ध्यामा एक भिडियो सन्देश जारी गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहले तीनकुने घटनाप्रति दुःख व्यक्त गरेका छन् । शाहले नयाँ वर्ष २०८२ को अवसरमा आइतबार भिडियो सन्देश जारी गर्दै तीनकुने घटनाप्रति दुःख व्यक्त गरेका हुन् । उनले नागरिक स्वतन्त्रता भन्दा ठुलो अरु कुनै तन्त्र नहुने समेत बताएका छन् । वास्तविक प्रजातन्त्र भएका ठाउँमा राम्रो नराम्रो जनगुनासो वा गुणगान सुन्ने परम्परा र संस्कार हुने समेत शाहले बताएका छन् । गत चैत १५ गते राजावादीहरुले गरेको प्रदर्शनका क्रममा २ जनाको ज्यान जानुका साथै आगजनी,…

Read More

काठमाडौं। नेपालमाथि कीर्तिमानी जित निकाल्दै कुवेतले चारदेशिय टी–२० सिरिज आफ्नो पक्षमा पारेको छ। आइतबार सम्पन्न खेलमा कुवेतले नेपालमाथि तीन रनको रोमाञ्चक जित हात पारेको हो।   टी–२० मा कुवेतले पहिलोपल्ट नेपाललाई पराजित गर्न सफल भएको हो। यसअघि भएका दुवै भेटमा नेपालले कुवेतलाई ६ र ७ विकेटले पराजित गर्दै आफ्नो दबदबा कायम राखेको थियो। तर, नेपालले उक्त लयलाई निरन्तरता दिन नसक्दा लज्जास्पद हार बेहोर्न बाध्य भएको हो। कुवेतले प्रस्तुत गरेको १७५ रनको लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १७१ रन मात्रै बनाउन सक्यो। नेपालका बसिर अहमद र नन्दन यादवबाहेक अन्य कुनै ब्याटरले सम्झनलायक प्रदर्शन गर्न सकेनन्। बसिरले सर्वाधिक ८० रन…

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तर्फबाट उनकी श्रीमती निकता पौडेलले उच्च अदालत तुल्सीपुर, बुटवल इजलासको बेरितको आदेश बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको निवेदन सुनुवाइ जारी रहेको छ । लामिछानेको उक्त निवेदन सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा सुनुवाइका लागि तोकिएको छ । गत शुक्रबार दर्ता भएको उक्त निवेदन आज प्रारम्भिक सुनुवाइको लागि पेशी तोकिएको थियो । मुलुकी फौजदारी कार्यविधि संहिता–२०७४ को दफा ७३ मा थुनछेक वा तोकिएको धरौट, जमानत वा बैंक जमानतमा चित्त नबुझ्ने पक्षले एक तहसम्म पुनरावेदन सुन्ने अदालतमा निवेदन गर्न सक्ने व्यवस्था रहेको छ । सोही व्यवस्थाबमोजिम धरौटीमा छाड्ने जिल्ला अदालत रूपन्देहीको आदेश…

Read More