Author: ट्रान्सपेरेन्टखबर

काठमाडौं । त्रिभुवन विश्वविद्यालय ९त्रिवि०ले ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि आजदेखि अनलाइन सेवा सुरु गरेको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार आज बिहान ११ बजेदेखि अनलाइन सेवा सुरु गरिएको हो । अनलाइन सेवा सुरु भएपछि परीक्षा नियन्त्रण कार्यालय बल्खु पुगेर अब कागजी फारम भर्ने र त्यो बुझाउन लाइन लाग्नुपर्ने झन्झटबाट मुक्ति मिल्ने छ । परीक्षा नियन्त्रक जोशीले आफ्नै पद्धती तयार गरी अनलाइन सेवा कार्यान्वयनमा ल्याइएको बताए । तत्कालका लागि ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटको आवदेनका लागि अनलाइन सेवा सुरु गरिएको र अन्य सेवाहरु क्रमशः लागू गर्दै लैजाने योजना रहेको उनले बताए । उनका अनुसार आगामी जेठ १५ गतेदेखि परीक्षा नियन्त्रण…

Read More

काठमाडौं । नेकपा माओवादी केन्द्रको पूर्व पश्चिम हुलाकी लोकमार्ग केन्द्रित जनतासँग माओवादी तराई मधेस जागरण अभियान नयाँ वर्ष २०८२ को पहिलो दिन सोमबारबाट पुनः सुरु भएको छ । नेकपा माओवादी केन्द्रको पूर्व पश्चिम हुलाकी लोकमार्ग केन्द्रित जनतासँग माओवादी तराई–मधेस जागरण अभियान जारी छ । पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा जारी अभियान हाल नवलपरासीमा केन्द्रित छ । अभियानको क्रममा प्रचण्डसहितको टोलीले आज बिहान गैँडाकोटमा मर्निङ वाक गरेको छ । सो क्रममा प्रचण्डले गैँडाकोटको संगम लखन चोकमा रहेको सहिद लखन थापाको सालिकमा माल्यार्पण गरेका छन् । पूर्व उपराष्ट्रपति तथा माओवादी उपाध्यक्ष नन्दकिशोर पुन पासाङ पनि यो अभियानमा सहभागी छन् । अध्यक्ष प्रचण्ड लगायतका…

Read More

लुम्बिनी । यही वैशाख ५ गते छोरीको विवाहको तयारी गर्दैछिन् ५५ वर्षीय मादिका लोनिया। तर उनको अनुहारमा खुसी छैन। श्री गौतमबुद्ध स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थामा संकलन गरेको छ लाख समयमै फिर्ता हुने छाँटकाँट नहुँदा उहाँ पीडा र चिन्तामा छिन्। सहकारी संस्थाको कार्यालयमा ताला लागेको झन्डै एक महिना बढी पुग्न लाग्दा, साना व्यवसायी, किसान, वृद्धवृद्धाको घरायसी जीवनमा आर्थिक समस्या भएको छ। कसैको छोरीको विवाह खर्चको जोहो छैन, कसैको नियमित औषधि छाडिएको छ, त कसैको आपत्कालीन खर्च अन्योलमा परेको छ। सम्मरीमाई गाउँपालिका–६ का नन्दलाल चौहानको पनि यस्तै पीडा छ। छोरीको विवाह यही वैशाखमै जुरेको छ । तर सहकारीमा राखेको पैसा…

Read More

काठमाडौं । सुडानको शरणार्थी शिविरमा विद्रोहीको आक्रमणबाट कम्तीमा ४०० जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्रसङ्घले विश्वसनीय स्रोतहरूलाई उद्धृत गर्दै यसको जानकारी दिएको बीबीसीको समाचारमा उल्लेख छ । यो आक्रमण सुडानमा सक्रिय विद्रोही समूह र्‍यापिड सपोर्ट फोर्स ( आरएसएफ ) ले गरेको हो । आरएसएफले गत हप्ता पनि अल–फशेर शहर वरपरका शरणार्थी शिविरहरूमा स्थल र हवाई आक्रमण गरेको थियो । सुडानमा डार्फरको नियन्त्रणका लागि विद्रोही समूह आरएसएफ र सुडानी सेनाबीच युद्ध चलिरहेको छ । अप्रिल २०२३ देखि यी दुईबीच सत्ताका लागि रक्तपातपूर्ण सङ्घर्ष भइरहेको छ । यसका कारण लाखौं मानिस आफ्नो घर छोड्न बाध्य भएका छन् । राष्ट्रसङ्घले बिहीबारदेखि शनिबारसम्म…

Read More

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको नारायणघाट–बुटवल सडकखण्डको दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि सोमबारदेखि रातको समयमा बन्द भएको छ । सडक विस्तार छिटो सम्पन्न गर्न रातको समयमा राजमार्ग बन्द गरिएको हो । नारायणघाट–बुटवल सडक योजना पूर्वीखण्डका सूचना अधिकारी इञ्जिनियर शिव खनालका अनुसार दाउन्ने खण्डमा सोमबार राति ११ बजेदेखि बिहान ५ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको छ । सोमबारदेखि यही वैशाख १५ गतेसम्म दैनिक रातको ६ घण्टा सवारीसाधन रोकेर दाउन्नेखण्डको सडक मर्मत तथा विस्तार हुने उनले बताए । गत चैत २७ देखि ३१ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म उक्त खण्डमा यातायात सञ्चालनमा रोक लगाइ सडक विस्तार गरिएको थियो । ‘दाउन्नेको…

Read More

जाजरकोट । जाजरकोट जिल्लाको पैँक क्षेत्रलाई केन्द्रबिन्दु बनाएर दुई पटक भूकम्प गएको छ। पहिलो भूकम्प २०८२ साल वैशाख १ गते राति ९ बजेर ३१ मिनेटमा गएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार उक्त भूकम्पको स्थानीय परिमाण ४।१ म्यागनिच्युट मापन गरिएको छ। यसैगरी, दोस्रो भूकम्प वैशाख २ गते बिहान ४ बजेर ५३ मिनेटमा गएको हो। केन्द्रका अनुसार यस भूकम्पको परिमाण ४.४ मापन गरिएको छ। लगातार दुई दिनमा गएको यी भूकम्पका कारण हालसम्म मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त नभएको जनाइएको छ।

Read More

काठमाण्डौं । सोमबार पहिलो पटक एकसाथ ६ जना महिलाले अन्तरिक्ष यात्रा गरेका छन्। यसमा प्रसिद्ध हलिउड गायिका केटी पेरी र अमेरिकी अर्बपति जेफ बेजोसकी मंगेतर लरेन सान्चेज समावेश छन्। उनीहरूले यो यात्रा अमेरिकी उद्योगपति जेफ बेजोसको ब्लू ओरिजिन कम्पनीको रकेटबाट गरेका हुन्। रकेटले साँझ ७ बजे टेक्सासको भ्यान हर्न प्रक्षेपण प्याडबाट उडान भरेको थियो। मिसन लगभग ११ मिनेटपछि फर्किएको थियो। यस अवधिमा रकेटले जाने र फर्कनेसहित कुल २१२ किलोमिटर दूरी तय गर्यो। १९६३ पछि अन्तरिक्ष यात्रामा जाने यो पहिलो पूर्ण महिला चालक दल हो। यसअघि १९६३ मा रुसी इन्जिनियर भ्यालेन्टिना तेरेशकोभाले एक्लै अन्तरिक्ष यात्रा गरेकी थिइन्। ब्लू ओरिजिन रकेटमा अन्तरिक्षमा…

Read More

नवलपुर ( नवलपरासी )  । माओवादी अध्यक्ष पुष्पकमल दाहालले पछिल्लो समय जनताले माओवादी केन्द्रप्रति भरोसा गरेको बताएका छन् । सोमबार साँझ नवलपरासी ( बर्दघाट–सुस्तापूर्व )  को गैँडाकोटमा आयोजित ‘जनतासँग माओवादी हुलाकी मार्ग केन्द्रित तराई–मधेश जागरण अभियान’ लाई सम्बोधन गर्दै अध्यक्ष दाहालले झापादेखि नवलपुरसम्म आउँदा माओवादी केन्द्रलाई जनताले भरोसा गरेको अनुभूति भएको बताएका हुन् । अध्यक्ष दाहालले अहिले देशको राजनीति असहज अवस्थाबाट गुज्रिएकाले यसलाई सहज परिस्थिति बनाउन थुप्रै खबरदारी अभियान गरिएको उल्लेख गरे । माओवादीले झापाबाट सुरु गरेको अभियान कञ्चनपुरसम्म पुग्ने भएकाले हालसम्म लाखौँ जनताको सहभागिता रहेको उनको दाबी छ । अभियानका क्रममा मैले सहिद, बेपत्ता, योद्धा परिवार, गरिब, मजदुर, किसानहरुको…

Read More

काठमाण्डौं । सरकारी निकायका कार्यरत अस्थायी, करार कर्मचारी अब सामाजिक सुरक्षा योजनामा सहभागी हुने अवसर पाउने भएका छन्। सरकारी कोष, नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको पूर्ण वा आंशिक स्वामित्व भएका संस्थान, निगम, बोर्ड, प्राधिकरण, प्रतिष्ठानमा कार्यरतले सो योजनामा सहभागी हुन पाउने छन्। सामाजिक सुरक्षा कोषमा योगदानकर्ताका रूपमा सूचीकृत गरी त्यस्ता निकायमा कार्यरत कर्मचारीले खाइपाई आएको तलबको कम्तीमा ६० प्रतिशतलाई आधारभूत तलब मानेर सो योजनामा सहभागी हुन पाउने प्रबन्ध गरिएको हो। त्यसमा २० प्रतिशत रोजगारदाताले र ११ प्रतिशत योगदानकर्ताले जम्मा गर्नुपर्नेछ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका निमित्त सचिव डण्डुराज घिमिरेका अनुसार वैशाख १ को राजपत्रमा सो सम्बन्धी सूचना…

Read More

काठमाडौं । काठमाण्डौ केन्द्रित आन्दोलन चलाईरहेका आन्दोलनरत नेपाल शिक्षक संघले कक्षा १२ को परीक्षा, भर्ना अभियान लगायत कुनैपनि शैक्षिक गतिविधिमा सामेल नहुन आग्रह गरेको छ । चैत २० गतेबाट शिक्षकहरूको आन्दोलन जारी रहेको छ । यसैबीच महासंघले विज्ञप्ति जारी गर्दै वैशाख ११ गतेबाट सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष, निरीक्षक लगायत कुने पनि काममा संलग्न नहुन प्रधानाध्यापक, शिक्षक र कर्मचारीहरूलाई आग्रह गरेको हो । शीघ्रताका साथ शिक्षा ऐन जारी गरेर विद्यालय शिक्षाको उचित व्यवस्थापन र गुणस्तर विकासका लागि गरिएको आन्दोलनलाई सहयोग गर्न पनि आग्रह गरिएको छ । काठमाडौं केन्द्रित आन्दोलनको अवधिमा उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन, प्रवेश परीक्षा, विद्यार्थी भर्ना…

Read More