काठमाडौं । नेपाल प्रहरीका सातै प्रदेशका प्रहरी नायव महानिरीक्षक ९डीआईजी० लाई प्रहरी प्रधान कार्यालय काठमाडौंमा बोलाइएको छ। प्रहरी समन्वय समिति ( पीसीसी ) को बैठकमा सहभागी हुन प्रदेश प्रहरी प्रमुखहरूलाई प्रधान कार्यालय उपस्थित हुन निर्देशन दिइएको हो। प्रहरीका एक उच्च अधिकारीका अनुसार प्रदेश प्रहरी प्रमुखहरू काठमाडौं आउने क्रम जारी रहेको छ।
प्रहरी महानिरीक्षक ( आईजीपी ) दानबहादुर कार्कीको अध्यक्षतामा दिउँसो २ बजे पीसीसी बैठक बस्दैछ । प्रहरी संगठनको महत्वपूर्ण निर्णय प्रक्रियामा भूमिका खेल्ने यस बैठकमा देशभरको शान्ति सुरक्षाको अवस्था, संगठनको आन्तरिक व्यवस्थापन र समसामयिक विषयमा छलफल हुने बताइएको छ।
यसैबीच, प्रधानमन्त्री बालेन शाहको सचिवालयबाट राजीनामा दिन दबाब दिइएको भन्ने समाचार सार्वजनिक भइरहेका बेला आईजीपी कार्कीले सातै प्रदेशका डीआईजीलाई एकैपटक काठमाडौं बोलाएपछि बैठकलाई चासोका साथ हेरिएको छ।
