काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग ( एनपीएल ) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन् । सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स बीचको खेल बेलुका ५ बजे सुरु हुनेछ । आज एकमात्र खेल हुने तालिका छ ।
पोखराले पहिलो खेल खेल्न लागेको हो भने सुदूरपश्चिमको यो दोस्रो खेल हो । ओपनिङ म्याचमा सुदूरपश्चिम लुम्बिनी लायन्ससँग ७ विकेटले पराजित भएको थियो ।
