काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद ( डीपी ) अर्यालसँग भेटवार्ता गरेका छन् ।मंगलबार बिहान सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भेटवार्ता भएको हो ।
भेटमा रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीबारे अध्ययन तथा आवश्यक छानबिनका निम्ति संसदीय समिति गठन गर्ने विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।
