काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले आजदेखि ‘हामी सुन्छौ’ कार्यक्रम सुरु गरेको छ । केन्द्रीय कार्यालय वनस्थलीमा आजबाट सुरु गरिएको महामन्त्री विपिनकुमार आचार्यले जानकारी दिए ।
उनका अनुसार नागरिकका गुनासा, समस्या र अमूल्य सुझावलाई प्रत्यक्ष रूपमा सुन्न र सम्बोधनका लागि आवश्यक सहजीकरण गर्न यो कार्यक्रम सुरु गरिएको हो । आजको कार्यक्रममा प्रतिनिधिसभा सदस्य डा।अंकिता ठाकुर र केन्द्रीय सदस्य अंकितकुमार यादव सहभागी भएका थिए ।
साउन १३ गते बसेको केन्द्रीय समिति बैठकले हरेक दिन केन्द्रीय सदस्य र सांसदसँग गुनासा सुन्न ‘हामी सुन्छौँ’ कार्यक्रम गर्ने निर्णय गरेको थियो ।
