काठमाडौँ । सम्पत्ति शुद्धीकरण अभियोगमा पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वमन्त्री विष्णु पौडेललाई दोस्रो पटक म्याद थप तथा बहसका लागि विशेष अदालतमा उपस्थित गराइएको छ।
सोमबार पौडेललाई विशेष अदालतमा उपस्थित गराइएको हो । पौडेल असार ८ मा सुर्खेतबाट पक्राउ परेका थिए। आफ्नो पदको दुरुपयोग गरेर व्यवसायी दीपक भट्टलाई सेयर खरिदमा सहजीकरण गरेको कसुरमा पौडेलमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ।
यसअघि पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको थियो।
