काठमाडौं । ७९ औँ कान्स फिल्म फेस्टिभलको ‘अन सर्टेन रिगार्ड’ विधामा प्रतिष्ठित ‘जुरी प्राइज’ प्राप्त गर्ने चलचित्र ‘एलिफेन्ट इन द फग’ को टोलीलाई विमानस्थलमा भव्य स्वागत गरिएको छ ।
सोमबार सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिना र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले चलचित्र टोलीलाई स्वागत गर्नुभएको हो ।
चलचित्र विकास बोर्ड र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा गरिएको स्वागत कार्यक्रममा चलचित्र क्षेत्रसँग आबद्ध विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।”
