काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकमा महासचिव शंकर पोखरेलसहित ९ जनाले बोलेका छन्। पार्टी अध्यक्ष केपी ओली निवास गुण्डुमा बसेको सचिवालयले बैठकमा महासचिव, तीन उपमहासचिव र ५ जना सचिवले आफ्नो धारणा राखेको उपमहासचिव लेखराज भट्टले बताए।
बैठकमा हिजोदेखि आजसम्म लागेका अनुभव राखेको बताए। उनले बाँकी ४ जना सचिवले भोलि कुरा राखेपछि प्रस्तावित एजेन्डाबारे निर्णय गर्ने बताए।
नेताहरूले बोल्दा बीचबीचमा अध्यक्षले दिशानिर्देश समेत गरेको उनले बताए। उनले हिजोको बैठकमा उठेको विषय भन्दा धेरै अतिरञ्जित गरिएको भन्दै असन्तुष्टि जनाए। बैठक भोलि फेरि ११ः३० बजे बस्ने जानकारी गराए।
