काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्ले अनुपस्थित भएपछि प्रतिनिधि सभा बैठक स्थगित भएको छ । मंगलबार विनियोजन विधेयकमाथि छलफलका क्रममा विपक्षी दलका सांसद राजेन्द्रकुमार राईले अर्थमन्त्री स्वर्णिम वाग्ले अनुपस्थित भएको कुरा उठाएका थिए ।
उनले अर्थमन्त्री नआएसम्म बजेटको सिद्धान्त र प्राथमिकता बारेमा नबोल्ने बताएपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।
