काठमाडौं । नेकपा ९एमाले०ले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने भएको छ । सोमवार बसेको सचिवालय बैठकले भण्डारीको सदस्यता दिने निर्णय भएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।
आजभन्दा १० महिना पहिले पार्टी अध्यक्ष केपी ओलीले नै पूर्व राष्ट्रपती विद्यादेवी भण्डारीले सदस्यता नबिकरण नहुने बताएका थिए । सोही बिषयलाई लिएर भण्डारी र ओलीबिच लामो समय वाकयुद्ध नै चलेको थियो । राष्ट्रपती भएपछि खारेज भएको सदस्यता नबीकरण नहुने भन्दै ओलीले अडान लिएपछि थापागाउँमा सम्पर्क कार्यालय खोलेर विद्याले राजनीतिक गतिबिधि अघि बढाईरहेकी थिईन् ।
यसअघि नवीकरण भइसकेको भण्डारीको सदस्यता वैधानिक नभएको भन्दै एमालेको केन्द्रीय कमिटी र सचिवालय बैठकले नै सदस्यता नदिने निर्णय गरेको थियो । केहीदिन अघि मात्रै पार्टी अध्यक्ष ओली र पूर्व राष्ट्रपती भण्डारीबिच ओली निवास गुण्डुमा भेटवार्ता भएको थियो ।
