काठमाण्डौं । पाथीभरा देवीस्थानमा एक महिनामा एक करोड छ लाख २८ हजार रुपैयाँ भेटी सङ्कलन भएको छ।
वैशाख महिनामा उक्त भेटी सङ्कलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ। चैत र वैशाखमा पाथीभरामा अधिक भक्तजन आउने गरेका छन्। गत चैतमा रु ५८ लाख ५७ हजार ५०० र फागुनमा रु ३१ लाख १० हजार सङ्कलन भएको थियो।
