काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने गरी बैठक आह्वान भएको हो ।
बैठकमा सरकारका कामकारबाही र समसामयिक विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। प्रधान न्यायधिश सिफारीस, राष्ट्रपतीवाट संबैधानिक परिषद् सम्वन्धि अध्यादेश जारी भईसकेको अवस्था, लिपुलेक लिम्पीयाधुरा र कालापानी बारेमा भारतले बार्ताका लागि खुल्ला रहेको धारणा दिई सकेपछिको बिकसीत परिस्थितीलाई मध्यनजर गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएको बुझिएको छ ।
यसअघिको मन्त्रिपरिषद् बैठकले यही वैशाख २८ गते संघीय संसदको अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
