काठमाडौँ । अर्थमन्त्री डा। स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी राष्ट्रपतिका विशेष दूत सर्जियो गोरबिच शुक्रबार भेटवार्ता भएको छ । अर्थ मन्त्रालयमा दिउँसो साढे तीन बजे भएको उक्त भेटवार्तामा उहाँहरूबिच नेपाल र अमेरिकाबिचको द्विपक्षीय सम्बन्धका विविध आयामबारे छलफल भएको अर्थमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
झण्डै २० मिनेट चलेको उक्त शिष्टाचार भेटमा विशेष गरी नेपाल र अमेरिकाबिचको आर्थिक साझेदारी, विकास सहायता र आपसी हितका विषयमा कुराकानी भएको अर्थ मन्त्रालयले जनाएको छ ।
सो अवसरमा नेपालको आर्थिक विकासमा अमेरिकाले पुर्याउँदै आएको सहयोग र आगामी दिनमा हुनसक्ने थप लगानी तथा सहयोगका क्षेत्रबारे समेत संक्षिप्त विमर्श भएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर हाल नेपाल भ्रमणमा रहनुभएको छ । उहाँ बिहीबार राति नेपाल आइपुग्नु भएको हो ।
