काठमाण्डौं । सरकारले इजरायलमा ज्यान गुमाएका विपिन जोशीको परिवारलाई १० लाख सहयोग गर्ने भएको छ।
वैशाख २ गते बसेको मन्त्रिपरिषद् बैठकले जोशीको परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
उनले भने ‘अध्ययनका लागि इजरायल गएको अवस्थामा गाजाको घटनामा परी मृत्यु भएका विपिन जोशीको परिवारलाई १० लाख आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको छ।’
