काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्छा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ( सिआइबी ) ले बिहीबार उनलाई नक्साल क्षेत्रबाट प्रकाउ गरेको हो । सिआइबीका प्रवक्ता शिवकुमार श्रेष्ठले गोल्छालाई पक्राउ गरेको पुष्टि गरे ।
उनले भने, ‘शेखर गोल्छालाई पक्राउ गरिएको छ । थप विवरण केही बेरमा सार्वजनिक गर्छौँ ।’ विवादित सेयर कारोबारको बिषयमा धितोपत्र बोर्डले तयार पारेको जाँचबुझ सुपरिवेक्षण प्रतिवेदन अनुसार गोल्छा सहितका ५ जनाको मिलेमतो भएको आशंका गरिएको छ ।
सोही प्रतिवेदनका आधारमा उनलाइ पक्राउ गरेको बुझिएको छ । गोल्छा हिमालयन रि–इन्स्योरेन्सका निवर्तमान अध्यक्ष समेत हुन् ।
