काठमाण्डौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ४ हजार ६०० मतगणना हुँदा खुला उपसभापति र महामन्त्रीमा क्रमशः डा। चन्द्रकान्त भण्डारी र प्रदीप पौडेलले अग्रता कायम राखेका छन्। खुला उपसभापतिमा भण्डारीले २ हजार ३४३ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी इन्जिनियर मधु आचार्यले १ हजार ४४१ मत पाएका छन्। गोविन्द भट्टराईले १ हजार २१९, सुरेन्द्रराज पाण्डेले १ हजार १५०, धनराज गुरुङले १ हजार ५३, दीपक गिरीले ६३८ र प्रा। डा। चन्द्रमोहन यादवले ३८७ मत प्राप्त गरेका छन्।
समावेशी उपसभापतिको एक पदका लागि भएको प्रतिस्पर्धामा विनोदकुमार चौधरीले १ हजार १४५ मतसहित अग्रता लिएका छन्। जीवन परियारले १ हजार १०७, सीता गुरुङले ७४९, फरमुल्लाह मन्सुरले ६३७ र रञ्जित कर्णले ३५२ मत प्राप्त गरेका छन्। खुला महामन्त्रीमा प्रदीप पौडेलले २ हजार ६५७ मत प्राप्त गर्दै आफ्नो अग्रता कायम राखेका छन्। उदयशमशेर राणाले १ हजार ४९१, डा। सुनिलकुमार शर्माले १ हजार ३८७, अमरसिंह पुन मगरले ९२९, गुरुराज घिमिरेले ९२०, नैनसिंह महरले ६६८ र शंकर तिवारीले ८८ मत प्राप्त गरेका छन्।
महिला महामन्त्रीको एक पदमा डा। डिला संग्रौला ९पन्त० ले २ हजार ३७ मत प्राप्त गरेकी छन्। महालक्ष्मी उपाध्याय ९डिना० ले १ हजार ८३८ र रीता खनालले ४६६ मत पाएकी छन्। मतगणना जारी रहेकाले अन्तिम नतिजा आउन बाँकी छ।
४६०० मत गणनाअनुसार मत परिणाम
( उपसभापति खुल्ला तर्फ )
डा. चन्द्रकान्त भण्डारी– २३४३
ई. मधु आचार्य – १४४१
गोविन्द भट्टराई– १२१९
सुरेन्द्रराज पाण्डे ११५०
दीपक गिरी ६३८
धनराज गुरुङ १०५३
प्रा. डा. चन्द्र मोहन यादव ३८७
( समावेशी १ पद )
बिनोद कुमार चौधरी – ११४५
जीवन परियार– ११०७
फरमुल्लाह मंसुर ६३७
सीता गुरुङ ७४९
रंजीत कर्ण ३५२
( महामन्त्री खुला तर्फ )
प्रदिप पौडेल २६५७
अमरसिंह पुन मगर ९२९
उदय शम्शेर राणा १४९१
डा. सुनिलकुमार शर्मा १३८७
गुरुराज घिमिरे ९२०
नैन सिंह महर ६६८
शंकर तिवारी ८८
डा सन्तोष उपाध्याय ७२
( महिला १ पद )
डा. डिला संग्रौला ( पन्त ) – २०३७
महालक्ष्मी उपाध्याय ( डिना ) – १८३८
रीता खनाल – ४६६
