काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ राजीनामा लगत्तै बुधबार गृह मन्त्रालयबाट बिदा भएका छन् । उनी कर्मचारीहरूसँग संक्षिप्त छलफल गर्दै बिदा भएका हुन् । गृहमन्त्री बनेको २६ दिनमै सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । बुधबार गृहमन्त्री पदबाट राजिनामा दिँदै उनले आफ्नो लागि पदभन्दा ठूलो कुरा नैतिकता भएको स्मरण गरे ।
“मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन,” उनले भनेका छन्। उनले देशमा सुशासन, पारदर्शिता र उत्तरदायित्वको माग गर्दै उठिरहेको युवा पुस्ताको आवाजलाई पनि सम्मान गरेको उल्लेख गरेका छन्।
विवादित व्यापारी दीपक भट्टसँग उनको कनेक्सन देखिएर विवादमा तानिएसँगै उनी राजीनामा दिन बाध्य भएका हुन् । उनी मात्र २६ दिन गृह मन्त्रालयको नेतृत्वमा रहे ।
