काठमाडौँ । वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथ तान्ने परम्परागत जात्रा आज मंगलबारदेखि सुरु भएको छ।ललितपुरको पुलचोकबाट सुरु गरिएको रथ तान्दै गाबाहालसम्म पुर्याइएको छ।
प्रत्येक वर्ष वैशाख शुक्ल प्रतिपदादेखि असार शुक्ल चौथीसम्म सञ्चालन हुने यो जात्रा काठमाडौँ उपत्यका कै सबैभन्दा लामो तथा महत्त्वपूर्ण धार्मिक–सांस्कृतिक पर्व मानिन्छ।
