रूपन्देही। बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका लुम्बिनी प्रदेशका दाङ र बाँकेसहित विभिन्न जिल्लामा ठूलो हुरीसहितको वर्षा हुने भन्दै सर्तकता अपनाउन आग्रह गरेको थियो ।
अहिले बुटवलसहित पश्चिम क्षेत्रमा हावाहुरी चल्दा दिउँसै अध्यारो भएको छ। हल्का वर्षासँगै ठूलो हावाहुरी चलेको छ । यस्तो अवस्थामा रुख ढल्ने, कमजोर संरचना उड्ने र विद्युत तथा सञ्चार सेवा प्रभावित हुने जोखिम रहेकोले सतर्कत अपनाउन आग्रह गरिएको छ ।बाँकेका केही स्थानीय तहले भने आज बिदा दिएका छन् ।
अहिले सबै अन्धकारजस्तै भएको छ । मौसम विज्ञान विभागले पूर्वानुमान गरेअनुसार नै लुम्बिनी प्रदेशको रुपन्देही लगायत दाङ, बाँके, कपिलवस्तु लगायतका जिल्लामा हावाहुरी चलेको छ । केहीबेर हावाहुरी चलेपछि अहिले पानी पनि परिरहेको छ । पानी पर्न थालेसँगै कालो बादल हटेर केही उज्यालो देखिन थालेको छ ।
