सुर्खेत । कालिकोट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार महेन्द्रबहादुर शाही विजयी भएका छन्।
अन्तिम मत परिणाम अनुसार शाहीले ११ हजार ३ सय ३८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा ९एमाले०का नगेन्द्र शाहीले १० हजार ३ सय ५२ मत प्राप्त गरेका छन्।
त्यसै गरी नेपाली कांग्रेसका हर्षबहादुर बमले ७ हजार ९ सय ३३ मत, नेपाल कम्युनिस्ट पार्टी ९माओवादी०का खड्गबहादुर विश्वकर्माले ४ हजार ५ सय ९९ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश न्यौपानेले २ हजार १ सय ३७ मत तथा नेपाल मजदुर किसान पार्टीका नन्दबहादुर शाहीले ५ सय ९७ मत प्राप्त गरेका छन्।
