काठमाण्डौं । जनादेश पार्टी नेपालले जेनजी आन्दोलनका शहीद श्रेयम चौलागाईका पिता गणेश चौलागाईलाई समानुपातिक तर्फ उम्मेदवार बनाएको छ । खस आर्य कलष्टरको पुरुष तर्फवाट एक नम्बरमा चौलागाईको नाम सिफारिस गरीएको छ । जनादेश पार्टी नेपाल र आम जनता पार्टीबिच चुनाबमा एकल चिन्ह प्रयोग गर्ने सहमती भईसकेको छ ।
निर्वाचन आयोगमा बुझाईएको खस आर्य कलष्टरमा एक नम्बरमा चौलागाईको नाम सिफारीस गर्नका लागि जनादेश पार्टीका बहुमत केन्द्रिय सदस्यको सहमतीमा सिफारीस गरीएको थियो । चौलागाईले आफुलाई पार्टीले बिश्वास गरेर १ नम्बरमा राखेकोमा खुशी ब्यक्र गरे । उनले भने शहीदको रतगको बलिदानीलाई न्याय दिने गरी आफु निर्वाचनमा होम्मीने बताए ।
एकल चुनाब चिन्ह मोबाईल मार्फत निर्वाचनमा होम्मीएको जनादेश पार्टी र आम जनता पार्टीले सबै क्षेत्र समुदाय बर्ग र कलष्टरमै १ सय १० जना समानुपातिक उम्मेदवारको सूची निर्वाचन आयोगमा बुझाएको छ । जेनजी, शहीद परिवार, जेनजी आन्दोलनका घाईते तथा प्रबुद्ध ब्यक्रिहरुको संयोजन समेत हो जनादेश पार्टी नेपाल । त्यसैले आफु जनादेश पार्टीमा आवद्ध भएको चौलागाईले बताए ।
