हेटौंडा । तराई(मधेश द्रुतमार्ग ९फास्ट ट्र्याक०अन्तर्गत मकवानपुरको महादेवटारस्थित सुरुङको आज ञब्रेक थ्रुझ गरिने भएको छ । सुरुङको ञब्रेक थ्रुझ राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा गरिने मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिए ।
उनका अनुसार राष्ट्रपति पौडेल हेलिकप्टरबाट साढे ९ बजे महादेवटार आइपुग्ने तय भएको छ । मकवानपुरको भीमफदी गाउँपालिका–८ बाट बकैया गाउँपालिका–१२ जोड्ने महादेवटारमा समानान्तर रूपमा दुईवटा सुरूङ निर्माणाधीन छ ।
आज ञब्रेक थ्रुझ हुने उक्त सुरुङको लम्बाइ ३।४४५ किमि रहेको छ ।
