काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले बजेट अभावका कारण सबै सडक मर्मत सम्भार गर्न नसकेको बताएका छन् । मन्त्री घिसिङले २३ औँ वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री घिसिङले यस्तो बताए । सडकको अवस्था सुधार गर्नुपर्ने सडक धेरै छन् । यसको मर्मत सडक बोर्डले आफ्नो जिम्मेवारी बहन गरेको छ, मन्त्री घिसिङले भने,तर बजेटको लिमिटेशनका कारण मर्मत सम्भार गर्न सकिएको छैन ।
संघ, प्रदेश र स्थानीय तहबाट सडक मर्मत भइरहेको उनको भनाइ छ । तर बजेट अभावमा समयमै मर्मत सम्भार गर्न सकिरहेका छैनौ,ु मन्त्री घिसिङले भने,ुधेरै सडक मर्मत सम्भार गर्न नसकेकै कारण जनतामा ठुलो आक्रोश छाएको छ । यस्तै आगामी वर्षमा बजेट दायरा बढाउनुपर्ने पनि बताए ।
साथै केहि सडक मर्मतमा निर्माण व्यवसायीका कारण पनि ढिला भएको उनको भनाइ छ । अबका दिनमा काम भएन भने निर्माण व्यवसायीले पेनाल्टी तिर्नुपर्ने अवस्था बनाएर काम अघि बढाउनु पर्ने उनको भनाइ थियो । सडक बोर्डका कार्यकारी निर्देशक गणेश बहादुर केसीले समयमा मर्मत सम्भार गर्न नसक्दा लागत बढ्दै गएको बताएका थिए । केसीले भने,समयमै सडक मर्मत नगरे तीन चारगुणा लागत बढ्छ । सडक मर्मतलाई वैज्ञानिक ढङ्गबाट गरिनुपर्छ ।ु सडक बोर्डले नियमित मर्मत, पटके मर्मत र अद्यावधिक मर्मत गर्दै आएको छ ।
