काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा ९माओवादी केन्द्र० को जनतासँग माओवादी अभियान पूनः सुरु हुने भएको छ । यही भदौ २१ गतेदेखि मध्यपहाडी लोकमार्गकेन्द्रित अभियान सुरु हुने भएको हो । यो अभियान अब लमजुङबाट सुरु हुने भएको छ । अभियानमा सहभागी हुने नेताहरुको पनि टुँगो लगाईएको छ ।
पार्टीले जारी गरेको सर्कुलरमा अभियानमा महासचिवसम्मका नेतालाई मात्रै सहभागी गराईने भएको छ । उक्त अभियानमा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरु र महासचिव देवप्रसाद गुरुङमात्रै नेताको रुपमा सहभागी हुनेछन् । यसअघि पनि अभियानमा महासचिवसम्मका नेतालाई मात्रै सहभागी गराईएको थियो ।
कतिपयले यस्तो निर्णय लिनुमा उपमहासचिव जनार्दन शर्मालाई अभियानमा सहभागी हुनबाट रोक्ने कुराको रुपमा बुझेका छन् । अभियान मधेशमा आउँदा प्रचण्डले यस्तो निर्णय गराएको भन्दै त्यतिवेला पनि जनार्दन शर्मा असन्तुष्ट थिए । अहिले अध्यक्ष दाहाल र जनार्दनबीच सम्बन्ध बिग्रिएको छ ।
प्रचण्डले जनार्दन पार्टीको अनुशासनबाहिर गएको भन्दै कारबाहीको तयारी थालेका छन् । जनार्दनपनि अब वारपारको लडाईंमा उत्रिएको भन्दै उनीपक्षधर नेताहरु तयारी अवस्थामा रहेको बताईन्छ । प्रचण्डले आजमात्रै जनार्दनले नपत्याएर माओवादी पार्टीको आन्दोलन र विगतको इतिहास नरोकिने र नमासिने बताएका छन् ।