चितवन । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का सदस्य ५ लाख २३ हजार ४५६ जना रहेका छन् । रास्वपाको पहिलो महाधिवेशनको बन्दसत्रमा मंगलबार महामन्त्री कविन्द्र बुर्लाकोटीले पेस गरेको सांगठनिक प्रतिवेदनमा सो संख्या उल्लेख छ ।
प्रतिवेदन अनुसार रास्वपाका सबैभन्दा बढी सदस्य मधेस प्रदेशमा २३.३ प्रतिशत रहेका छन् । सदस्यको दोस्रो ठूलो संख्या वाग्मती प्रदेशमा २०.५ प्रतिशत रहेको छ ।
प्रतिवेदन अनुसार रास्वपाका लुम्बिनी प्रदेशमा १४.५ प्रतिशत, कोसी प्रदेशमा १४ प्रतिशत, गण्डकी प्रदेशमा ११.८ प्रतिशत, सुदूरपश्चिम प्रदेशमा १०.६ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा ५.२ प्रतिशत सदस्य रहेका छन् ।
