काठमाडौं। मनाङ प्रदेशसभा क्षेत्र नं–२ मा आगामी कात्तिक १७ गते नै उपनिर्वाचन हुने भएको छ । सो निर्वाचन क्षेत्रबाट गण्डकी प्रदेशसभामा निर्वाचित दीपक मनाङ्गे (राजीव गुरुङ) ज्यान मुद्दामा दोषी ठहर भइ पदमुक्त भएका थिए । सो मुद्दाको पूर्णपाठ सार्वजनिक भएसँगै मनाङ प्रदेशसभा निर्वाचन क्षेत्र २ मा उपनिर्वाचनको बाटो खुला भएको हो ।
सो मुद्दाको पूर्णपाठ नआएको कारण मनाङ प्रदेश सभा– २ को निर्वाचन मिति तोकिएको थिएन । सो मुद्दाको पूर्णपाठ आज ९सोमबार० सार्वजनिक भएको हो । निर्वाचन आयोगको अनुसारमनाङ प्रदेश सभा २ मा पनि अब कात्तिक १७ गते नै उपनिर्वाचन हुने तयारी रहेको छ । दल दर्तालगायतका प्रक्रिया छोट्याएर भएपनि कात्तिक १७ गते नै उपनिर्वाचन गराउन तयारी रहेको आयोगले बताएको छ ।