सर्लाही । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका नेपाली कांग्रेसका सर्लाही जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंहले पदबाट राजीनामा दिएका छन् । आज ९शुक्रबार० पार्टी सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै सिंहले पदबाट राजीनामा दिएका हुन् ।
‘सम्मानित अदालतले गरेको निर्णय मान्ने मेरो कर्तव्य हो । तर, उक्त निर्णयले मलाई अन्याय भएको मेरो ठहर छ । ममाथि भएको अन्यायको, म व्यक्तिगत रूपमा मेरो कानुनी तथा न्यायिक लडाइ लडिरहनेछु । साथमा मेरो राजनीतिक लडाइ जारी नै रहनेछ । यद्यपि सम्मानित अदालतको निर्णय, नेपालको प्रचलित कानुन र पार्टीको विधान बमोजिम म सभापतिको रूपमा आफ्नो जिम्मेवारीमा निरन्तर रहने अवस्था रहेन,’– राजीनामा पत्रमा भनिएको छ ।
सिंहले वि।सं। २०५६ सालमा कांग्रेसको सदस्यता लिएका थिए । उनी दुई कार्यकाल सर्लाही कांग्रेसको उपसभापति भएर काम गरेका थिए । २०७८ साल फागुनमा भएको अधिवेशनबाट उनी सभापति बनेका थिए । उनीविरुद्ध दायर भएको भ्रष्टाचार मुद्दामा सिंह सर्वोच्च अदालतबाट दोषी ठहर भइसकेका छन् ।