काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभा बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजेको लागि बोलाइएको संसद् सचिवालयले जानकारी दिएको छ । बैठकमा अर्थ समितिका सभापति सन्तोष चालीसेले वैकल्पिक विकास वित्त परिचालन विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२ पेस गर्ने कार्यसूचीमा उल्लेख छ ।
त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलेुऔद्योगिक सम्पत्ति सम्बन्धी विधेयक, २०८२ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्भ न्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले राष्ट्रिय सभामा उत्पत्ति भएको पानी जहाज ( सञ्चालन तथा व्यवस्थापन ) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।